देउवाको हातमा बाबुराम र पशुपति हार्ने रिपोर्ट परे पछी कांग्रेसले आत्तिदै पत्रकार सम्मेलन गरेर के-के भन्यो,यसरी हार्दैछन् राणा र भट्टराई?



हाम्रो इकोनोमि

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्धय डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणा दुबैले चुनाव जित्ने दाबी गरेको छ ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै उम्मेदवार विजयी हुने दावी गरे ।

लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका डा. भट्टराई गोरखा क्षेत्र नम्बर २ र र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका राणा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।
पत्रकार सम्मेलनमा खाँडले आगामी मंसीर १० गते पहिलो चरणमा हुने निर्वाचन प्रचार अभियानमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गरिएको पनि स्पष्ट पारे । नेपाली काँग्रेसले पहिलो चरणमा प्रतिनिधि सभाका लागि ३५ जना र प्रदेश सभाका लागि ६६ जना उम्मेदवारी दिएको छ ।
काँग्रेसले मतदान बदर हुन नदिन सचेत रहन पनि आम मतदातालाई आह्वान गरेको छ ।

संयोजक खाँडले लोकतन्त्रलाई बलियो बनाउन पनि मत पत्र बदर हुन नदिन पार्टीले आम मतदातालाई सचेत रहन आग्रह गरेको स्पष्ट पारे ।
काँग्रेसले मतदान बदर हुन नदिन देशभर मतदाता प्रशिक्षण कार्यक्रम पनि संचालन गरिरहेको पनि जनाएको छ ।
नेपाली काँग्रेसले निर्वाचनमा पार्टीको पक्षमा जनमत सृजना गर्न उत्साहका साथ लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई सचेत पनि गराउँदै आएको छ । तर गुप्तचरले भने देउवालाई दुवै नेता हार्ने रिपोर्ट दिएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...