काठमाडौ ४ मा राजन भटराई र गगन थायाको चोक चोकमा चर्चा, यसपाली गगन हार्ने यस्ता छन कारण



काठमाडौं । सोमबार बिहान कपनको मिलन चोकको बुद्धिस्टेशनरी अगाडि दुई ब्यापारीबीच ठूलो चर्का चर्की देखियो । त्ये चर्का चर्की कुनै ब्यापारका बिषयमा नभएर यो चुनावमा क्षेत्र ४ मा राजन जित्ने कि गगन जित्नेमा भन्ने थियो ।

यसरी चर्का चर्की गर्नेहरु थिए कपन पंचकुमारीका नरेन्द्रराज ओली र मिलन चोकका नवराज बन(नविन) । ओली कस्सिए यसपटक यस क्षेत्रमा भट्टराईले जित्छन । तर वनलाई के चित्त बुझ्थ्यो उनले फेरि जवाफ फर्काए भो भो थापाले कुनै हालतमा जित्छन । त्यसपछि भट्राईले जित्ने तर्क अगाडि सार्दै ओलीले भने ‘दश बर्षमा यस क्षेत्रबाट संसाद भएर के गरे थापाले , कपनको बाटो हेरयो भने त बैराग लागेर आउछ’। ओलीको भनाईको प्रतिवाद गर्दै संसदमा गगनले खेलेको भूमिका र संविधान बनाएको दावी बनले गरे ।

त्यस पछि उनीहरुको बहस यतिमा मात्र सिमिति रहेन वनले भने ‘लौ यहाँं गगनले नै जित्छन् नभए बाजी राखौ’। त्यसपछि ओली पनि किन चुपा लाग्थे, लौ राखौ यस क्षेत्रमा यो पटक राजननै चुनाव जित्छन‘ । अन्तिममा दुबैजना ५ । ५ हजार बाजी राख्न तयार भए। । त्यस पछि उनीहरुले मिलन चोकका अर्का व्यापारी निरन्जन नेपाल र बुद्धिस्टशनरीका राजन न्यौपानेको रोहबरमा बाजी राखे। दुबै संग लिएको रकम न्यौपानेले राखेर मध्यस्थकर्ताको भुमिका निर्वाह गरे ।

अहिले क्षेत्र नं ४ मा राजन र गगन को जित्ने भनेर यस्ता बाजी चोक चोक, चिया पसल रेष्ट्रेन्टहरुमा हुने गरेको छ। कारण थियो दुबै उम्मेदवारको हेभिवेट ।

काठमाडौको क्षेत्र नं ४ अहिले जसरी चुनाव तातेको छ यस भन्दा अघिल्ला निर्वाचनमा यसरी तातेको थिएन । गगन थापा यस भन्दा अगाडि समानुपति र त्यो भन्दा पछि प्रत्यक्षमा गरि ६ बर्ष यस क्षेत्रका प्रतिनिधि भईसकेका छन । तर राजन नयाँं र हेििभवेट उम्मेदवार हुन। उनी चाबहिलका स्थानीय बासिन्दा हुन् । अघिल्ला चुनावमा गगनको सिधै माहौल देखिन्थ्यो । तर अहिले राजनको माहोलले गगनलाई चुनौती दिएको छ। साझा वामगठबन्धनका उम्मेदवार राजनको प्रभावले गगनलाई टक्कर दिन थाले पछि यो क्षेत्रको चुनाव चर्चामा छ ।

गगन हार्ने यस्ता छन कारण

काठमाडौ क्षत्र नं ४ मा गगन थापा भन्दा डा. राजन भटराई ६७२३ मतले अगाडी देखिन्छन हालै
सम्पन्न भएको स्थानीय निर्वाचनको मतलाई हेर्दा यस पटकको निर्वाचनमा गगनको हनर निश्चित देखिन्छ । ०७० सालको निर्वाचनमा धेरै तटस्थ मत गगन थापाले पाए । तर, स्थानीय निर्वाचनमा आइपुग्दा उक्त क्षेत्रको चुनावी गणित पूरै बदलिएको छ । राष्ट्रिय जीवनमा योगदान गरेका डा भट्टराई एमाले उम्मेदवार भएकाले यसपल्ट तटस्थ मत पनि बाँडिने पक्का छ ।

काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् । स्थानीय निर्वाचनको परिणाम हेर्ने हो भने गगन थापा भन्दा गठबन्धनको मत ६७२३ मत अगाडी छ

। महानगरपालीकाका वडा नम्बर १ मा गठबन्धनको ११६० छ भने नेकाको ६३९ छ । वडा नम्बर ७ मा गठबन्धनको १५६१ छ भने नेकाको २२३१ छ । त्यसैगरी वडा नम्बर ८ मा गठबन्धनको १४०५ छ भने नेकाको १६३६ छ । वडा नम्बर ३० मा गठबन्धनको ४१३१ छ भने नेकाको ३२२२ छ ।

त्यसैगरी बुढानिलकण्ठ नगरपालीकाको ८ वटा वडाहरुको मत यस्तो छ । वडा नं १ मा गठबन्धनको ७३४ छ भने नेकाको ४४० छ । त्यसैगरी वडा नं २ मा गठबन्धनको १२५९ छ भने नेकाको ६८७ छ । त्यस्तै वडा नं ८ मा गठबन्धनको १६४९छ भने नेकाको ७७४ छ । त्यस्तै वडा नं ९ मा गठबन्धनको ७२६ छ भने नेकाको २७१ रहेको छ । यस्तै वडा नं १० मा गठबन्धनको २८५१ छ भने नेकाको १०३३ मत रहेको छ । त्यसैगरी वडा नं ११ मा गठबन्धनको १५५४ मता रहेको छ भने नेकाको १०५६ मत रहेको छ । त्यस्तै वडा नं १२ मा गठबन्धनको १७१९ मत रहेको छ भने नेकाको १०२७ मत रहेको छ । यसैगरी वडा नं १३ मा गठबन्धनको १७०२ मत छ भने नेकाको ७५७ मत रहेको छ । यसरी स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने काठमाडौ क्षेत्र नं ४ मा डा. राजन भटराई जित्ने पक्का जस्तै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग