माओवादी उम्मेद्धारमाथीका आक्रमण सरकारकले गराएको प्रचण्डको दावी यस्ता चुनाव बिरोधी काम नर्गन कडा चेतावनी



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डाले सरकार चुनाव रोक्न अनेक षडयन्त्र गरीरहेको आरोप लगाउनु भएको छ । वहाँले सरकारलाई यस्ता षडयन्त्र नर्गन कडा चेतावनी पनि दिएका छन ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारकै संलग्नतामा आफ्ना उम्मेदवार माथी आक्रमण भएको बताउनु भएको छ । उहाले पछिल्लो समय बढेको सुरक्षा चुनौतीमा सरकार नै प्रमुख दोषी भएको आरोप लगाउनु भएको हो ।

चितवनको शिवनगरमा  सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष दाहालले नेत्र विक्रम चन्दको नेकपासंग मिलेर कांग्रेसकै निर्देशनमा माओवादी नेतामाथि आक्रमण भएको टिप्पणी गर्नुभयो । आक्रमण गर्ने विप्लवका कार्यकर्ता प्रहरीले प्रक्राउ गर्दा रिहा गर्न माग गर्दै सरकारकै राज्यमन्त्री एंव रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले विज्ञप्ती निकालेकाले यसको पुष्टि हुने बताउनु भयो ।

बाम गठबन्धनलाई अधिनायकवादको संज्ञा दिने तर आफैं त्रास फैलाउन खोजेको भन्दै उहाँले सरकारलाई आफ्नो रबैया तत्काल सुधार्न आग्रह गर्नुभएको छ । रोल्पामा माओवादी नेता वर्षमान पुनमाथि रोल्पामा शनिवार र आइतवार आक्रमण भएको थियो । फरक प्रसङ्गमा दाहालले कात्तिक ९ गते पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रष्ट पार्नुभयो । अहिले चुनाव नै पहिलो प्राथमिकतामा रहेको भन्दै उहाँले चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...