देउवा सरकारका मन्त्रीलाई देवी ज्ञवालीले गुण्डा भन्दै प्रचण्डलाई मतदान गर्न यसरी गरे अपिल,चितवन–३ को मुहार फेर्न प्रचण्ड भगवान बन्दैछन



एमाले नेता देवी ज्ञवालीले चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जित हासिल गरेपछि प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेलाई निर्माण कामको ठेक्का पारिदिनुपर्ने बताएका छन्।
पाण्डे राजनीतिज्ञको साटो ठेकेदार भएको बताउँदै ज्ञवालीले चितवन–३ को मुहार फेर्न प्रचण्डलाई विजयी गराउनु पर्ने बताएका हुन्।

ठेकेदारबाट चितवनको विकास हुन सक्दैन, चितवनको मुहार फेर्ने हो भने प्रचण्डले जित्नुपर्छ’ चितवन–२ मा पर्ने मंगलपुरमा आइतवार आयोजित घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘बिक्रम दाई ठेकेदार हो। त्यसैले कमरेड प्रचण्ड, तपाईंले विजय हासिल गरेपछि उहाँलाई ठेक्का पारिदिने काम काम चाहिँ गरिदिनु होला।’

पाण्डेको राजनीतिमा आगमन ठेक्कापट्टाको विकृत रुप भएको दावीपनि ज्ञवालीले गरे।

‘एउटा गुण्डा पैसा कमाउन ठेकेदारको पछि लाग्छ, पछि त्यही गुण्डा आफै ठेकेदार हुन्छ र ठेक्का पार्छ, जव ठेक्का पार्न राजनीतिक पहुँच आवस्यक ठान्छ, उ राजनीतिमा आउँछ र चुनाव लड्छ’ पाण्डेको नामै किटेर ज्ञवालीले दावी गरे, ‘संयोग नै मान्नुपर्छ, बिक्रम दाई पनि त्यसरी नै राजनीतिमा आउनु भएको छ।’ पाण्डे वर्तमान सरकारका वन मंत्री हुन।

कार्यक्रममा चितवन-३ मा स्वतन्त्र उम्मेद्वारी दिएका हरिप्रसाद दाहालले अाफ्नाे उम्मेद्बारी फिर्ता लिएर प्रचण्डलाई समर्थन गरेकाे घाेषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको