देउवा सरकारका मन्त्रीलाई देवी ज्ञवालीले गुण्डा भन्दै प्रचण्डलाई मतदान गर्न यसरी गरे अपिल,चितवन–३ को मुहार फेर्न प्रचण्ड भगवान बन्दैछन



हाम्रो इकोनोमि

एमाले नेता देवी ज्ञवालीले चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जित हासिल गरेपछि प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेलाई निर्माण कामको ठेक्का पारिदिनुपर्ने बताएका छन्।
पाण्डे राजनीतिज्ञको साटो ठेकेदार भएको बताउँदै ज्ञवालीले चितवन–३ को मुहार फेर्न प्रचण्डलाई विजयी गराउनु पर्ने बताएका हुन्।

ठेकेदारबाट चितवनको विकास हुन सक्दैन, चितवनको मुहार फेर्ने हो भने प्रचण्डले जित्नुपर्छ’ चितवन–२ मा पर्ने मंगलपुरमा आइतवार आयोजित घरदैलो र चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले भने, ‘बिक्रम दाई ठेकेदार हो। त्यसैले कमरेड प्रचण्ड, तपाईंले विजय हासिल गरेपछि उहाँलाई ठेक्का पारिदिने काम काम चाहिँ गरिदिनु होला।’

पाण्डेको राजनीतिमा आगमन ठेक्कापट्टाको विकृत रुप भएको दावीपनि ज्ञवालीले गरे।

‘एउटा गुण्डा पैसा कमाउन ठेकेदारको पछि लाग्छ, पछि त्यही गुण्डा आफै ठेकेदार हुन्छ र ठेक्का पार्छ, जव ठेक्का पार्न राजनीतिक पहुँच आवस्यक ठान्छ, उ राजनीतिमा आउँछ र चुनाव लड्छ’ पाण्डेको नामै किटेर ज्ञवालीले दावी गरे, ‘संयोग नै मान्नुपर्छ, बिक्रम दाई पनि त्यसरी नै राजनीतिमा आउनु भएको छ।’ पाण्डे वर्तमान सरकारका वन मंत्री हुन।

कार्यक्रममा चितवन-३ मा स्वतन्त्र उम्मेद्वारी दिएका हरिप्रसाद दाहालले अाफ्नाे उम्मेद्बारी फिर्ता लिएर प्रचण्डलाई समर्थन गरेकाे घाेषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...