एमाले महासचिब भन्छन -आर्थिक समृद्धिका लागि वाम गठबन्धन



हाम्रो इकोनोमि

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसले तीन पटक बहुमत ल्याउँदासमेत मुलुककलाई राजनीतिक स्थायित्व प्रदान गर्न नसकेकाले यसपटक जनताले वाम गठबन्धनलाई बहुमत दिनुपर्ने बताएका छन ।

कामनपा–३ स्थित बाँसबारीमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उनले काँग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलको वातावरण बनेको चर्चा गरे ।

मुलुकमा जनताको अधिकारलाई स्थापत गरी आर्थिक समृद्धका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताउँदै उनले काँग्रेसले अहिले चुनाव जित्नका लागि वाम सरकारले अधिनायकवाद ल्याउने भ्रम फैलाएकाले त्यसतर्फ चनाखो हुन आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापाले देशमा सबै वर्ग समुदायमा आर्थिक पहुँच पुग्न नसकेकाले सामाजिक विभेद कायम भएको बताउँदै औद्योगिक गतिविधिका माध्यमबाट आर्थिक रुपान्तरण, समानता, न्यायोचित वितरणका कार्य गर्न वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...