काठमाडौं क्षेत्र नं ४ का युवा संग एमाले उम्मेदवारहरुको अन्तरक्रिया



हाम्रो इकोनोमि

 

 

बाम गठबन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा उम्मेदवार डा।राजन भट्टराई र प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्कीले आज एक कार्यक्रममा युवाहरु संग अन्तरक्रिया गरेका छन ।

बुढानिलकण्ठ युवा समाजले आयोजना गरेको जन प्रतिनिधिको भूमिका र कार्यभार विषयक कार्यक्रममा भट्टराई र कार्कीले राजनीतिमा युवाहरुले खेल्नुपर्ने भूमिकाका बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा युवाहरुको प्रश्नको उत्तर दिदै भट्टराईले नेपालमा धेरै पुस्ताहरुले परिवर्तनको लागि बलिदान दिएर नेपाल आजको स्थानमा आइपुगेको र अव समृद्ध नेपाल निर्माण गर्न युवाहरु अगाडी बढ्नु पर्ने बताएका थिए । उनले आफु पनि विद्यालय तह देखि नै राजनीतिमा सामेल भएको र युवा हरुको मजबुत उपस्थिति विना राजनीति बलियो नहुने र सहि दिशामा पनि जान नसक्ने बताए ।

त्यसतै काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले आफ्नो विगत सम्झिदै युवा अवस्थामा जनप्रतिनिधि बनेर प्राप्त गरेको अनुभव साटेका थिए । उनले करिव २५ वर्षको उमेरमा जनप्रतिनिधि बन्दाको उर्जा सम्झिदै जुन सुकै परिवर्तन र विकास युवाको सहभागिता विना हुन् नसकेको बताए ।कार्यक्रमको सहजीकरण विश्वमणी सुवेदी र रामशरण सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...