प्रचण्डले भने-निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्छ र ओलीजीले नेतृत्व गर्नुहुन्छ



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दशकाँैदेखि नेपाली जनताले चाहेको कुरा यसपाली पूरा हुनलागेको बताउनुभयो ।

“दशकौँंदेखि नेपाली जनताले कम्युनिष्ट मिलेर काम गरुन् भन्ने चाहे पनि कम्युनिष्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने गरेका थिए,” उहाँले भन्नुभयो– “फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसारको जुन परम्परा २०१९ सालदेखि चल्दै आएको थियो, यसपटक हामीले त्यो इतिहासलाई बदल्ने पहल गरेका छौँं, सबै नेपालीका निम्ति खुसीको कुरा हो ।” दाहालले अबको सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्ने संकेत गरेका थिए ।

अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उहाँको भनाइ थियो । एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालले बताउनुभयो ।

“देशको स्थायी शान्ति र समृद्धिका लागि कम्युनिष्ट एक भएका हुन्,” उहाँले भन्नुभयो ।

यसअघि गौचरणका सुकुम्वासीसँग अन्तक्र्रिया गर्दै अध्यक्ष दाहालले १० वर्षमा दशाँैं सरकार फेरिँदै आए पनि विकासको रुप रंग फेरिन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । मुलुकमा राजनीतिक स्थिरता र विकासको युग आरम्भ हुन लागेको उहाँको भनाइ थियो । निर्वाचनपछि बन्ने स्थिर सरकारले सबै समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...