पञ्चायत कालमा उत्तरी नाकाबाट भारतीय सेना हटाउने पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टको निधन



हाम्रो इकोनोमि

पञ्चायत कालमा उत्तरी नाकाबाट भारतीय सेना हटाउने पूर्व प्रधानमन्त्री कीर्तिनिधी विष्टको शनिबार अाफ्नै निवासमा निधन भएको छ ।

९० वर्षीय बिष्ट लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
शनिबार बिहान साढे १० बजे काठमाडाैंकाे ज्ञानेश्वरस्थित अाफ्नै निवासमा बिष्टकाे निधन भएको परिवारिक स्रोतले र्इ जानकारी दियो ।
पूर्वप्रधानमन्त्री विष्ट करिब एक वर्षदेखि बेडमै अाराम गरिरहेका थिए ।
बिष्ट तीनपटक प्रधानमन्त्री र एक पटक मन्त्रिपरिषद्का उपाध्यक्ष भएका थिए ।

२ माघ १९८३ मा काठमाडौंको ठमेलमा जन्मेका थिए, बिष्ट । उनी २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म तेस्रोपटक प्रधानमन्त्री बनेका थिए ।

दोस्रोपटक प्रधानमन्त्री रहेको समयमा २५ असार ०३० सालमा सिंहदरबार आगलागी भएपछि नैतिकताका आधारमा राजीनामा दिएका उनलाई सोही कारण नैतिकवान नेताका रुपमा चिनिने गरेको छ ।

१९ माघ ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि उनी मन्त्रिपरिषद्का उपाध्यक्ष बनाइएका थिए ।

प्रधानमन्त्रीका रुपमा बालुवाटारस्थित सरकारी निवास प्रयोग गर्ने उनी पहिलो नेता थिए ।

परिवार स्रोतका अनुसार आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उनको इच्छाअनुसार नै सामान्य ढंगबाटै अन्त्येष्टी गर्न लागिएको परिवारस्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...