बर्षमान पुनको क्षेत्रमा बन्चरोले हानेर हजुरबुवाले गरे छोरी र दुई नातिनीको हत्या



रोल्पा नगरपालिका–७ घापामा एक व्यक्तिले माइती आइकी छोरी र दुई नातिनीको बन्चरो प्रहार गरी हत्या गरेका छन् ।
४० वर्षका लिलबहादुर पुन मगरले २५ वर्षीया छोरी पेवामती केसी र नातिनीहरु दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीको बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका पुनमगरले शुक्रबार बेलुका खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।
पुनलाई प्रहरीले पक्राउ गरेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

सौर्य एयरलाइन्स दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

    बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले

पूर्व राज्यमन्त्री रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट

    पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने युवकबाट भएको प्रहरी

पाइलटबाहेक कोही बाँचेनन्, १८ जनाको शव निकालियो (सूचीसहित)

    काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना