चुनाबको मुखैमा दुई एआईजी थप्दै देउवा सरकार,डिआईजी बढुवा यसरी हुदैछ,को-को छन् लिगलिगे दौडमा?



निर्वाचनको पुर्वसन्ध्यामा सरकारले नेपाल प्रहरीका केही अधिकृतहरुको बढुवा गर्ने तयारी गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् गृहमन्त्री शेर बहादुर देउवा र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको चासो र भागबण्डामा दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थपिँदै छन् ।
त्यस्तै तीनजना प्रहरी नायव महानिरीक्षक (डिआईजी), पाँच बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी), पाँच प्रहरी नायव उपरिक्षक (डिएसपी) र सात प्रहरी इन्सपेक्टरको बढुवा गर्ने तयारी भईरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले आफु निकटका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्त पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा गर्ने तयारी गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको कोटामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) मधुप्रसाद पुडासैनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुँदैछन् ।पुडासैनी रामचन्द्र पौडेलका नातेदार समेत हुन्।

प्रहरी अधिकृतहरुको बढुवाका लागि बाधक मानिएको निर्वाचन आचारसंहीता पनि फुकिसकेको छ । निर्वाचन आयोगले केही दिनअघि मात्रै दुई एआईजीसहितका प्रहरी अधिकृतको बढुवाको लागि सहमती दिएको छ । निर्वाचन आयोगको कानुन महाशाखा प्रमुख सह–सचिव गीता तिम्सिनाले गृहले मागेबमोजिम बढुवाको सहमति पठाईएको बताईन् ।

एआईजी बढुवाका लागि प्रधानमन्त्री देउवा र नेता पौडेलेको रोजाईमा परेका दुई जना बाहेक पंकज श्रेष्ठ, माधव नेपाल, गोविन्द निरौला र रोमिनद्रसिंह देउजा, प्रतिस्पर्धामा छन् । नेपाल प्रहरीमा ईमान्दार प्रहरी अफिसरको छवी बनाएका डिआइजी पंकज श्रेष्ठ राजनीतिक पहुँचबाट टाढा भएका कारण अघिल्लो पटकको बढुवामा पनि छुटेका थिए ।

राजनीतिक पहुँच नपुगेका कारण अघिल्लो पटक गोविन्द निरौला पनि एआईजी बढुवा हुनबाट बञ्चित भएका थिए । यसरी ईमान्दारलाई छुटाएर अघिल्लो पटक सरकारले विवादित छविका बिजयलाल कायस्थ र मिङमार लामालाई एआईजीको फुली लगाईदिएको थियो । बिजयलाल कायस्थमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पती प्रकरणमा छानविन गरिरहेको छ ।

डिआईजीको दौडमा को–को ?
मन्त्रिपरिषद्को बैठकले दुईजनालाई एआईजीमा बढुवा गरेपछि तीनओटा डिआईजीको पद खाली हुन्छ । एसएसपीबाट डिआईजीमा बढुवा हुने सूचीको पहिलो नम्बरमा छन्, सुवास चौधरी । सिनियर हुँदाहुँदै पनि चौधरी अघिल्लो पटकको बढुवामा छुटेका थिए । बढुवाको दोस्रो नम्बरमा छन्, श्याम बहादुर खत्री ।
त्यसैगरी एसएसपी दिनेश अमात्य, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिपक थापा र दानसिंह बोहरा डिआईजी बढुवका प्रतिस्पर्धी हुन् ।
सुवास चौधरी र श्याम बहादुर खत्री २०६९ सालमा एसपी बाट एसएसपीमा बढुवा भएका थिए । दिनेश अमात्य, पिताम्बर अधिकारी लगायतका अन्य प्रतिस्पर्धी उनीहरुभन्दा करिब डेढ बर्ष जुनियर हुन् ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको