देवी ज्ञवालीको ढाडमा टेकेर बिक्रम पाण्डेको टाउकोमा यसरी घन हान्दैछन् प्रचण्ड,कांग्रेसीको घर भाडामा लिएर चुनाब जित्ने यस्तो छ दाउ



हाम्रो इकोनोमि

वाम गठबन्धनबाट चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको मायाले चितवनको विकास गर्न थप प्रेरणा मिलेको बताएका छन् ।
शुक्रबार भरतपुर–९ मा घरदैलोको क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले घरदैलोका क्रममा आत्मविश्वास र उत्साह देखिएको भन्दै त्यसबाट नयाँ उर्जा थपिएको बताए ।

अध्यक्ष दाहालले भने, ‘चितवनबासीको मायाले जिल्लाको समग्र विकास र राष्ट्रको विकासका निम्ति थप मेहनत गर्ने प्रेरणा मिलेको मैले महसुस गरेको छु ।’
अध्यक्ष दाहालले बिहीबारदेखि चितवनमा घरदैलो अभियान सुरु गरेका छन् । उनी स्थानीय तहको निर्वाचनमा आफ्नै छोरी रेणु दाहालसँग प्रतिस्पर्धा गरेका एमाले नेता देवी ज्ञवालीलाई साथमा लिएर घरदैलो अभियानमा जुटेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादीले प्यानल नै जित हासिल गरेको भरतपुरको वडा नं १३ उज्वलनगर चोकमा वाम गठवन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरी स्थानीयको घरदैलोमै पुगेर भोट माग्न सुरु गरेका हुन् ।

झण्डै एक हप्ताको प्रयासपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि नयाँ डेरा भेटिएको छ। कास्कीको लेवाडेबाट चितवन झरेपछि प्रचण्डको बसोबास रहेको शिननगर नजिकै प्रचण्डका लागि नयाँ डेरा भेटिएको हो।

भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी छोरी रेणु दाहालका अनुसार शिवनगरको लाहुरेचोकमा प्रचण्डको डेराका रुपमा नयाँ घर भेटिएको छ।
विहीबारमात्र श्रीलङ्काबाट काठमाडौं फर्किएकी रेणुले भनिन्, ‘आजैदेखि उहाँ त्यतै बस्ने कार्यक्रम बनेको रहेछ।’
प्रचण्डका लागि नयाँ डेरा खोजिएको लाहुरे चोक नजिकै चितवन कांग्रेसका नेता कृष्णलाल सापकोटाको घर पर्छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...