देवी ज्ञवालीको ढाडमा टेकेर बिक्रम पाण्डेको टाउकोमा यसरी घन हान्दैछन् प्रचण्ड,कांग्रेसीको घर भाडामा लिएर चुनाब जित्ने यस्तो छ दाउ



हाम्रो इकोनोमि

वाम गठबन्धनबाट चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको मायाले चितवनको विकास गर्न थप प्रेरणा मिलेको बताएका छन् ।
शुक्रबार भरतपुर–९ मा घरदैलोको क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले घरदैलोका क्रममा आत्मविश्वास र उत्साह देखिएको भन्दै त्यसबाट नयाँ उर्जा थपिएको बताए ।

अध्यक्ष दाहालले भने, ‘चितवनबासीको मायाले जिल्लाको समग्र विकास र राष्ट्रको विकासका निम्ति थप मेहनत गर्ने प्रेरणा मिलेको मैले महसुस गरेको छु ।’
अध्यक्ष दाहालले बिहीबारदेखि चितवनमा घरदैलो अभियान सुरु गरेका छन् । उनी स्थानीय तहको निर्वाचनमा आफ्नै छोरी रेणु दाहालसँग प्रतिस्पर्धा गरेका एमाले नेता देवी ज्ञवालीलाई साथमा लिएर घरदैलो अभियानमा जुटेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादीले प्यानल नै जित हासिल गरेको भरतपुरको वडा नं १३ उज्वलनगर चोकमा वाम गठवन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरी स्थानीयको घरदैलोमै पुगेर भोट माग्न सुरु गरेका हुन् ।

झण्डै एक हप्ताको प्रयासपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि नयाँ डेरा भेटिएको छ। कास्कीको लेवाडेबाट चितवन झरेपछि प्रचण्डको बसोबास रहेको शिननगर नजिकै प्रचण्डका लागि नयाँ डेरा भेटिएको हो।

भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी छोरी रेणु दाहालका अनुसार शिवनगरको लाहुरेचोकमा प्रचण्डको डेराका रुपमा नयाँ घर भेटिएको छ।
विहीबारमात्र श्रीलङ्काबाट काठमाडौं फर्किएकी रेणुले भनिन्, ‘आजैदेखि उहाँ त्यतै बस्ने कार्यक्रम बनेको रहेछ।’
प्रचण्डका लागि नयाँ डेरा खोजिएको लाहुरे चोक नजिकै चितवन कांग्रेसका नेता कृष्णलाल सापकोटाको घर पर्छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...