देउवाका माओबादी मन्त्री माथी बम प्रहार,के-के भयो,कस्ले हान्यो शक्तीशाली बम



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका नेता एर्व प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेका गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ।
शुक्रबार रुकुमको चौरजहारीको प्रचार सकेर सानोभेरी आउँदै गरेका शर्मासहितको प्रचारटोली माथि बम प्रहार गरिएको हो।
आक्रमणकारीले अगाडिको गाडी छाडेर नेता शर्मा चढेकै गाडीलाई लक्षित गरेर दुई बम प्रहार गरेका थिए। दुई बममध्ये एउटा पड्किएको थियो। बम धुलोमा परेका कारण त्यसबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रचार टोलीका एक नेताले बताए।

विनाविभागी मन्त्री समेत रहेका नेता शर्माले आफू चढेकै गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको बताए। उनले भने, ‘मेरै गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको थियो।’ उनले सुरक्षाकर्मीको सर्तकता र पहलकदमीका कारण कुनै अप्रिय घटना भने हुन नपाएको बताए।
यता प्रहरीले भने आक्रमणकारीको बारेमा अहिलेसम्म कुनै पत्तो नलागेको बताएको छ। ‘घटनामा संलग्न व्यक्तिको खोजी भैरहेको छ’, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले भने, ‘बम प्रहार गर्नेहरुलाई पक्रेरै छाडछौँ।’

प्रहरीले बम प्रहारमा निर्वाचन विरोधीले गरेको हुनसक्ने अनुमान गरेको छ।
उक्त टोलीमा प्रदेश र समाननुपातिक उम्मेदवारहरु गोपाल शर्मा, चन्द्रबहादुर विक, विमला केसी, देवी ओलीलगायतका एमाले माओवादीका नेता तथा कार्यकताहरु सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...