देउवालाई पुराना कांग्रेसीले हराउने रिपोर्ट गुप्तचरले दिए पछी देउवाले करोडौ लगानी गर्दै,यी हुन् गुप्तचरले भनेको देउवा हराउने भट्ट



प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। कार्यव्यस्तताका कारण मनोनयन दर्ता गराउन जिल्ला जानसमेत फुर्सद नपाएका देउवाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराए। उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट माओवादी केन्द्रका खगराज भट्टले उम्मेदवारी दर्ता गराएका छन्। भट्ट माओवादी केन्द्रका सचिवालय सदस्य हुन्। एकमात्र निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा देउवा र भट्टसहित छ जना प्रतिस्पर्धामा छन्। त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट लालबहादुर जाग्री, नेपाल दलितबाट रमेश टमटा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट तथा कर्णसिंह रावल स्वतन्त्र उम्मेदवार बनेका छन्। प्रधानमन्त्री देउवाको प्रमुख प्रतिस्पर्धीमा माओवादी नेता खगराज भट्टलाई लिइन्छ। उनलाई माओवादी जनयुद्धको बेलादेखि नै भद्र नेताको रुपमा लिइन्छ।

दुईपटक देउवासँग पराजित हुँदा पनि उनले प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरालाई नै रोजेका छन्। त्यसो त देउवा नेपाली संसदीय राजनीतिका थोरैमात्र नेतामध्येका हुन् जसले २०४८ यताका सबै निर्वाचनमा जीत हात पारेका छन्। देउवाले २०४८, २०५१, २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा लगातार निर्वाचित भएका छन्। उनको व्यक्तित्वले नै मतदाताको मन तान्ने भएपनि देउवालाई यसपटक वाम गठबन्धनका नेताले कडा टक्कर दिने देखिएको छ। एकातिर एमालेको साथ र अर्कोतिर स्थानीय तहको निर्वाचनको नतिजाले भट्टलाई हौस्याएको छ। स्थानीय तहको मतपरिणामको लेखाजोखाले डडेल्धुरामा नेपाली कांग्रेसभन्दा वाम गठबन्धन ८ हजार ३३७ ले अगाडि देखिएको छ। यहाँ वाम गठबन्धनले २७ हजार ९८० मत प्राप्त गरेको छ भने कांग्रेसले १९ हजार ८२० मत प्राप्त गरेको छ। २०४८ देखि २०७० सम्मका ५ वटा निर्वाचनमा डडेल्धुराबाट सहज रुपमा निर्वाचन जित्दै आएका प्रधानमन्त्री देउवालाई यसपालि देशको बागडोर सम्हाल्नुपर्ने भएकोले व्यस्तता त छँदैछ त्यसमाथि सभापति भएकोले नेपाली कांग्रेसलाई जिताउन चुनावी रणनीति बनाउनुपर्ने अवस्था। यसैबीचमा विपक्षी दुई ठूला कम्युनिस्ट राजनीतिक दल एउटै वाम गठबन्धन बनाएर अगाडि बढेको अवस्थामा आफ्नै क्षेत्रका मतदातालाई जोगाउन पनि परिश्रम गर्नुपर्ने देखिन्छ। उनको व्यक्तित्वले नै चुनावमा मतदातालाई प्रभावित भने पार्नेछ।

बिगतका ३ निर्वाचनमा ठुलो मतान्तरले बिजय हासिल गर्ने देउवा २०६४ सालमा झिनो मत अन्तर (१३ सय ६८ मत) ले भट्ट संग चुनाव जिते । देउवाले २० हजार ५ सय २९ मत प्राप्त गर्दा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए । नेकपा एमालेका उमेदवार बिक्रमबहादुर शाहीले ७ हजार ९ सय ४२ मत पाएका थिए । २०७० सालको संविधान शभा निर्वाचनमा देउवा डडेल्धुरासंगै कैलाली क्षेत्र नम्बर ६ वाट पनि चुनाव लडे ।

दोश्रो संविधान शभाको निर्वाचनमा एमालेले पाएको मत स्थिर जस्तै देखिएपनि माओवादीका भट्टको मत घट्यो र काग्रेसका देउवाको मत बढ्यो । २०७० सालको संविधानसभाको निर्वाचनमा देउवाले २३ हजार ९ सय २० मत प्राप्त गरे । भट्टले १२ हजार ४ सय ९३ मत पाएका थिए । यस्तै नेकपा एमालेका डा ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत पाए ।

गठबन्धका उम्मेदवार खगराज भट्टले जनताको परिवर्तनको चाहना, बामगठबन्धको स्थानीय तहको निर्वाचनमा ८ हजार भन्दा बढी मत, काग्रेस भित्रको ठुलो बिभाजन जित्ने प्रमुख आधार भएको बताएका छन् । ‘केन्द्र र प्रदेशमा बामपंन्थीको सरकार बन्ने कुरा छर्लङ भएकाले प्रधानमन्त्री भएर केही गर्न नसकेका देउवाले सासंद मात्र भएर के गर्लान भनेर जनताले बुझेका छन’ उनले भने, ‘देउवाले २८ बर्षमा नगरेका विकासका कामे ५ बर्षमा गर्छ भनेर जनताले मलाई पत्याएका छन ।’ यो पटक निर्वाचन मैले नै जित्ने हो ।

को हुन खगराज भट्ट ?

खगराज भट्ट शुरुमा नेपाली कांग्रेसका सदस्य थिए । २०४७ सालमा देउवा सहभागी अजयमेरुको एक कार्यक्रममा भट्टले मन्तव्य पनि दिएका थिए । खगराज भट्टका दाजु जयराज भट्टको प्रभावले उनी २०४७ मै माओवादीमा प्रवेश गरेका हुन ।

२०५२ सालमा पहिलो पटक शेरबहादुर देउवा प्रधानमन्त्री भएका वेला क्रान्तीकारी डडेल्धुराका अध्यक्ष रहेका भट्ट पक्राउ परेका थिए । उनी सुदुरपश्चिममा माओवादीवाट पक्राउ पर्ने पहिलो बन्दी हुन । २०५२ फागुन ४२ गते पक्राउ परेर उनी ९ महिना जेल जिवन बिताएका थिए ।

संगोजले देउवा प्रधानमन्त्री भएकै वेला २०५९ जेठ २३ गते उनलाई माओवादीमा लाग्न प्रेरित गर्ने उनका दाजु जयराज भट्ट बझाङमा मारिए । यिनै भट्ट अहिले देउवाको विरासत तोड्न चुनावी मैदानमा छन । ४१ बर्षिय खगराज प्रदेश नम्बर ७ मा माओवादी केन्द्रमा लेखराज पछिको दोश्रो वरियतामा रहेका नेता हुन ।
डडेल्धुरामा बामगठबन्धनवाट प्रदेश ख मा एमालेका जिल्ला अध्यक्ष डा तारा जोशी र नेपाली काग्रेसका सभापती कर्णमल्ल चुनावी मैदानमा छन् भने प्रदेश क मा बामगठबन्धनवाट एमाले डडेल्धुराका पुर्व अध्यक्ष पठान सिंह वोहरा र नेपाली काग्रेस डडेल्धुराका पुर्व सभापती रघुवर भट्ट छन् ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको