यी हुन्, ‘डेन्जर जोन’मा परेका ओजनदार नेताहरु,कस्ले कसलाई दिदैछ टक्कर



आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन उम्मेद्वारहरु अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन्। पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्र तथा दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ।

यी मध्ये कतिपय निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ भएका नेताहरुले प्रतिस्पर्धा गर्न लागेकाले चुनावी भिड्न्त निकै रोमाञ्चक हुने देखिएको छ। उम्मेद्वारका गढ क्षेत्र मानिएका निर्वाचन क्षेत्रमा उम्मेद्वारहरु प्रतिद्वन्द्वी उम्मेद्वारसँग त्रसित हुनुपरेको छ। एकै निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिएका तर फरक फरक पार्टीबाट चुनाव लड्न लागेका चर्चित नेताहरुमा नयाँ शक्तिका बाबुराम भट्टराईदेखि नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौलासम्म रहेका छन्।

केही निर्वाचन क्षेत्रमा प्रतिद्वन्द्वी उम्मेद्वारको प्रभाव बलियो भएका कारण हेभीवेट भएका उम्मेद्वारलाई अहिले उक्त क्षेत्रमा चुनाव जित्नका लागि हम्मेहम्मे देखिएको छ।

को को छन् ‘डेन्जर जोन’मा परेका हेभीवेट नेताहरु ?

प्रकाशमान सिंह
नेपाली काँग्रेसको गढ क्षेत्र मानिएको काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका प्रकाशमान सिंह यो पटक भने ‘डेन्जर जोन’मा परेका छन्। सोही स्थानबाट विवेकशिल साझा पार्टीका उम्मेद्वार रविन्द्र मिश्र र वाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले उम्मेद्वारी दिएका कारण उनी डेन्जर जोनमा परेका हुन्।

पहिले उक्त क्षेत्रबाट पटक पटक चुनाव जित्दै आएका प्रकाशमानलाई यो पटक रविन्द्र र अनिलले कडा टक्कर दिन लागेका हुन्। बीबीसी नेपाली सेवामा लामो समय रहेर पत्रकारिता गरेका रविन्द्र मिश्रको अहिले उक्त क्षेत्रमा राम्रो प्रभाव देखिएको छ।
त्यस्तै माओवादी र एमालेको गठबन्धनबाट उम्मेद्वार अनिलले पनि उनको धेरै भोट काट्ने संकेत देखिएको छ। युवा पुस्तामा अहिले रविन्द्र र अनिलको चर्चा राम्रो प्रभाव रहेकाले यो पटक प्रकाशमान पराजयबाट त्रसित बनेका छन्।

 

कृष्णप्रसाद सिटौला
झापा ३ नेपाली काँग्रेसको गड क्षेत्र मानिन्छ । पहिले उक्त क्षेत्रबाट पटक पटक निर्वाचन जितेका नेपाली काँग्रेसका उम्मेद्वारलाई यो पटक राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देनले कडा टक्कर दिन लागेका छन्। सिटौलाले उक्त क्षेत्रमा दाबी नछोडेकाले लोकतान्त्रिक गठबन्धन तोडेर लिङदेन वाम गठबन्धनको समर्थनमा चुनाव लड्न लागेका हुन्। आफ्नो पार्टीलाई प्राप्त हुने भोट सँगसँगै लिङ्देनले अब वाम गठबन्धनमा रहेका एमाले र माओवादीलाई प्राप्त हुने भोट पनि प्राप्त गर्ने भएकाले सिटौलालाई लिङ्देनले हराउने संकेत देखिएको छ।

गगन थापा
काठमाडौँ ४ मा नेपाली काँग्रेसबाट उम्मेद्वारी दिएका युवा नेता गगन थापा पन पनि यो पटक डेन्जर जोनमा देखिएका छन्। उनी सँगै प्रतिस्पर्धा गर्न वाम गठबन्धनका अर्का युवा नेता राजन भट्टराईले उम्मेद्वारी दिएका छन्। यस अघि उक्त क्षेत्रमा चुनाव जितेका थापालाई यो पटक भने चुनाव जित्न त्यती सजिलो देखिदैन्। एमाले र माओवादीको गठबन्धन भएकाले थापा र भट्राईको मत लगभग बराबरी जस्तै देखिएको छ।

बाबुराम भट्टराई
गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई यो पटक माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै छन्। दुबैको पृष्ठभूमि एकै भएकाले यो पटक बाबुरामलाई चुनाव जित्न त्यती सजिलो देखिदैन्। पहिले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी खोलेका बाबुरामलाई यो पटक नारायणकाजीले टक्कर दिदै छन्। पटक पटक उक्त क्षेत्रबाट चुनाव जित्दै आएका बाबुरामलाई यस पटक वाम गठबन्धनले हराउने संकेत देखिएको छ।

शेखर कोइराला
दोस्रो चरणमा निर्वाचन हुने लागेको मोरङ ६ मा पनि यस पटक निकै रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। नेपाली काँग्रेसको गढ क्षेत्र मानिएको उक्त क्षेत्रमा काँग्रेसका शेखर कोइराला र इमान्दार तथा स्वक्ष छवी भएका एमाले नेता लालबाबु पण्डितले प्रतिस्पर्धा गर्दै छन्। पण्डितको मुल्यांकन जनमानसमा पुगिसकेकाले यस पटक उक्त क्षेत्रमा जतदाताले पण्डितलाई नै राम्रो नेताका रुपमा चुन्ने धेरैको विश्लेषण छ। पटक पटक उक्त क्षेत्रबाट निर्वाचन जित्दै आएका कोइरालालाई यस पटक पण्डितले डेन्जर जोनमा पारेका हुन्।

विमलेन्द्र निधि
दोस्रो चरणमा हुन लागेको निर्वाचनमा धनुषा ३ मा यस पटक काँग्रेस नेता विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महताले प्रतिस्पर्धा गर्दै छन्। लामो समयको मधेस आन्दोलनमा लागेका महतोले र नेपाली काँग्रेसका निधिको मत लगभग बराबर जस्तै देखिएको छ। त्यसैले निधिले चुनाव जित्न महतोसँग कडा प्रतिस्पर्धा गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको