राजस्व छलीको मुद्दामा जेल गएका चुडामणि शर्मा विरुद्ध अकुत सम्पति आर्जनको अर्को मुद्दा चल्दै,बयान दिन जारी भयो ७ दिने पुर्जी



हाम्रो इकोनोमि

राजश्व छलीको आरोपमा केही महिनाअघि भ्रष्टाचारको मुद्दा खेप्दै निलम्बनमा परेका सहसचिव चुडामणि शर्मा विरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि सार्वजनिक पदमा रहँदा दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाएको हो।

‘शर्माले पदमा रहँदा आर्जन गरेको भनी पेश गरेको सम्पत्ति विवरण हेर्दा अस्वाभाविक र स्रोत नखुलेको पाइएपछि विस्तृत रुपमा अनुसन्धान सुरु भएको छ’, अख्तियारका एक आयुक्तले भने।

सम्पत्तिको स्रोतबारे बयान लिन खोज्दा शर्माले अटेर गरेपछि अख्तियारले उनको घरमा आयोगमा उपस्थित हुन ७ दिने पुर्जी टाँसेको छ। अख्तियारको टोलीले वडा सचिवको रोहवरमा बुधबार बुढानीलकण्ठ नगरपालिका–३ चण्डेश्वरी मार्गमा रहेको शर्माको घरमा पत्र टाँसेको हो।

आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा भ्रष्टाचारको आरोप लागेका शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा गत असार ३० गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। झन्डै १० अर्ब रुपैयाँको बिगो र जरिवाना मागदाबी गर्दै दायर गरिएको सो मुद्दा विशेषमा विचाराधीन छ।

पहिलो मुद्दाको सुनुवाई नहुँदै अख्तियारले शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा अर्को अनुसन्धान अघि बढाएको हो। यसअघि शर्मामाथि अकुत सम्पत्ति आर्जनमा मुद्दा नचलाएको भन्दै अख्तियारको आलोचना भएको थियो।

अहिले शर्माले देखाएको १५ करोड रुपैयाँको स्रोत नखुलेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....