राजस्व छलीको मुद्दामा जेल गएका चुडामणि शर्मा विरुद्ध अकुत सम्पति आर्जनको अर्को मुद्दा चल्दै,बयान दिन जारी भयो ७ दिने पुर्जी



राजश्व छलीको आरोपमा केही महिनाअघि भ्रष्टाचारको मुद्दा खेप्दै निलम्बनमा परेका सहसचिव चुडामणि शर्मा विरुद्ध अकुत सम्पति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि सार्वजनिक पदमा रहँदा दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाएको हो।

‘शर्माले पदमा रहँदा आर्जन गरेको भनी पेश गरेको सम्पत्ति विवरण हेर्दा अस्वाभाविक र स्रोत नखुलेको पाइएपछि विस्तृत रुपमा अनुसन्धान सुरु भएको छ’, अख्तियारका एक आयुक्तले भने।

सम्पत्तिको स्रोतबारे बयान लिन खोज्दा शर्माले अटेर गरेपछि अख्तियारले उनको घरमा आयोगमा उपस्थित हुन ७ दिने पुर्जी टाँसेको छ। अख्तियारको टोलीले वडा सचिवको रोहवरमा बुधबार बुढानीलकण्ठ नगरपालिका–३ चण्डेश्वरी मार्गमा रहेको शर्माको घरमा पत्र टाँसेको हो।

आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा भ्रष्टाचारको आरोप लागेका शर्मामाथि कर निर्धारणमा अनियमितता गरेको आरोपमा गत असार ३० गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। झन्डै १० अर्ब रुपैयाँको बिगो र जरिवाना मागदाबी गर्दै दायर गरिएको सो मुद्दा विशेषमा विचाराधीन छ।

पहिलो मुद्दाको सुनुवाई नहुँदै अख्तियारले शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा अर्को अनुसन्धान अघि बढाएको हो। यसअघि शर्मामाथि अकुत सम्पत्ति आर्जनमा मुद्दा नचलाएको भन्दै अख्तियारको आलोचना भएको थियो।

अहिले शर्माले देखाएको १५ करोड रुपैयाँको स्रोत नखुलेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा