देउवाका प्रिय एआईजी चन्दका ज्वाईले प्रहरीलाई यसरी निर्घात पिटे,ज्वाई छुटाउन पुगेका चन्दले डिएसपीको जागिर खाइदिने यस्तो दिए धम्की



हाम्रो इकोनोमि

महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख जयबहादुर चन्दका एक मात्र छोरी ज्वांई उज्जवल शम्शेर राणा प्रहरीको हिरासतमा परेका छन । ढिलो गरि प्राप्त जानकारी अनुसार सोमबार उनि महानगरिय प्रहरी वृत गौशलाको हिरासतमा परेका हुन । ज्वाई प्रहरी हिरासतमा परेको जानकारी पाएपछि एआईजी चन्द आफै उनलाई लिन गौशला वृत पुगेका थिए । गम्भिर अभियोगमा प्रहरी हिरासतमा रहेका उनि करिव तिन घण्टापछि सशुराको पावर लगाएर हिरासत मुक्त भएका छन ।

कसरी पुगे प्रहरी हिरासतमा के थियो त कारण । प्रहरी स्रोतका अनुसार उज्जवल शम्शेर राणालाई त्यहां डिउटीमा रहेका एक प्रहरी कर्मचारीले प्रहरी वृत गौशला भित्र चुरोट सेवन गरेको अवस्थामा भेटिए । उनलाई धुम्रपान निषेधित क्षेत्र भएको चेतावनी दिईयो । त्यति चेतावनी दिदा उल्टै एआईजी चन्दका ज्वांई राणाले आफु भित्रै बसेर चुरोट सेवन गर्ने अड्डि कसेर बसे । पछि उनको हातबाट ति प्रहरी कर्मचारीले जबरजस्ति खोसेर फ्याके । प्रहरी कर्मचारीले चुरोट फ्याकेका मात्रै के थिए ज्वाई राणा ती प्रहरी कर्मचारीमाथी भौतिक आक्रमणमा खनिए । प्रहरी कर्मचारीमाथी वृत भित्रै हातपात भएपछि अरु प्रहरी पनि हातपात भएको ठाउमा पुगे र हातपात गर्ने राणालाई नियन्त्रणमा लिएर हिरासतमा राखेका थिए । उनिमाथी प्रहरी कर्मचारीमाथी कार्यकक्षमै हातपात गरेको अभियोग लगाइएको थियो ।

घटनाको केहि समयपछि महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा एआईजी जयबहादुर चन्दलाई खबर पुग्यो ज्वाई थुनिएको बारे । उनि सिधै गौशला वृततिर हानिए । अनि त्यहांका प्रमुखदेखि अन्य कर्मचारीहरुलाई अपशब्द प्रयोग गरेर ज्वाईलाई हिरासत मुक्त गरे ।
हिरासतबाट मुक्त भएपछि ज्वाई राणाले ससुराकैकै अगाडि त्यहांका डिएसपी अनुपम श्रेष्ठसहित आफुलाई हिरासतमा हाल्ने प्रहरी कर्मचारीको जागिर खाई दिने धम्कि दिएर निस्केका छन ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...