गुल्मी १ का उम्मेदवारसहित सयौं एमाले प्रवेश,साझा उम्मेदवार प्रदिपको जित भयो निश्चित



हाम्रो इकोनोमि

नेकपा मालेका पोलिटव्युरो सदस्य रामचन्द्र बलामी, केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्वर १ बाट प्रतिनिधीसभा सदस्यमा उमेदवारी दिएका भरतमणी ज्ञवालीसहित सयौ नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

उनिहरुलाई एमाले अध्यक्ष केपी शर्मा आलीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि नेता ज्ञवालीले यो अभियान गुल्मी जिल्लामा मात्र नभई, देशैभर चलेकोले सम्पुर्ण बाम एकै ठाम भन्ने मुल नारालाई अवलम्बन गरेको बताए । उनले आफु लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकोले फुटेर होइन जुटेर कम्युनिष्ट एक ढिक्का हुने भन्दै गुल्मीलाई लाल किल्ला बनाउन सपथ लिएर गुल्मी आउने उद्घोष गरे ।

पत्रकारिता पेशाबाट राजनीतिमा सक्रिय ज्ञवाली प्रभावशाली नेता मानिन्छन् । कम्युनिष्टका नाममा जनमत विनाका पार्टीमा रहिरहनु निहित स्वार्थका लागि च्याँखे थाप्नु शिवाय अरु केहि हुन नसक्ने ज्ञवालीको बुझाई छ ।

वामपन्थीको गठबन्धन भएपछी गुल्मी निर्वाचन क्षेत्र नं.–१ मा वामगठबन्धनका साझा उम्मेदवारले जित्ने निश्चित प्रायःछ । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको ३१ हजार ७ सय २० मत छ भने नेपाली कांग्रेसको २६ हजार २० मत मात्र छ । त्यस्तै माओबादी केद्रको ६ हजार ९ सय ८८ र अन्य दलहरुको ८ सय २६ मत रहेको छ । यसरी एमाले र माओबादी केन्द्र मिल्दा ३८ हजार ७ सय ८ मत हुन्छ । जुन नेपाली कांग्रेसको मत भन्दा १२ हजार ६ सय ८८ मतले वामगठबन्धन अगाडी देखिन्छ । यसबाट कांग्रेसका उम्मेदवारले स्वतःपराजय भोग्नुको विकल्प देखिदैन । गुल्मी क्षेत्र नं १ मा वामगठबन्धनले शान्ति स्थापनाका अभियन्ता, बामगठबन्धनका शुत्रधार र चर्चित सुडान घोटला छानबीन समितिका संयोजक एमाले नेता प्रदीप ज्ञवालीलाई अघि सारेको छ भने नेपाली कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन् । अब त्यहाँ प्रदिपको जित निश्चित भएको छ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...