काठमाडौ क्षत्र नम्बर ४ मा गगन थापा हार्ने निश्चित ,हेर्नुहोस यस्ता छन गगन हार्ने कारणहरु



काठमाडौ क्षत्र नं ४ मा गगन थापा भन्दा डा. राजन भटराई ६७२३ मतले अगाडी देखिन्छन हालै
सम्पन्न भएको स्थानीय निर्वाचनको मतलाई हेर्दा यस पटकको निर्वाचनमा गगनको हनर निश्चित देखिन्छ । ०७० सालको निर्वाचनमा धेरै तटस्थ मत गगन थापाले पाए । तर, स्थानीय निर्वाचनमा आइपुग्दा उक्त क्षेत्रको चुनावी गणित पूरै बदलिएको छ । राष्ट्रिय जीवनमा योगदान गरेका डा भट्टराई एमाले उम्मेदवार भएकाले यसपल्ट तटस्थ मत पनि बाँडिने पक्का छ ।

काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्दछन् । स्थानीय निर्वाचनको परिणाम हेर्ने हो भने गगन थापा भन्दा गठबन्धनको मत ६७२३ मत अगाडी छ

। महानगरपालीकाका वडा नम्बर १ मा गठबन्धनको ११६० छ भने नेकाको ६३९ छ । वडा नम्बर ७ मा गठबन्धनको १५६१ छ भने नेकाको २२३१ छ । त्यसैगरी वडा नम्बर ८ मा गठबन्धनको १४०५ छ भने नेकाको १६३६ छ । वडा नम्बर ३० मा गठबन्धनको ४१३१ छ भने नेकाको ३२२२ छ ।

त्यसैगरी बुढानिलकण्ठ नगरपालीकाको ८ वटा वडाहरुको मत यस्तो छ । वडा नं १ मा गठबन्धनको ७३४ छ भने नेकाको ४४० छ । त्यसैगरी वडा नं २ मा गठबन्धनको १२५९ छ भने नेकाको ६८७ छ । त्यस्तै वडा नं ८ मा गठबन्धनको १६४९छ भने नेकाको ७७४ छ । त्यस्तै वडा नं ९ मा गठबन्धनको ७२६ छ भने नेकाको २७१ रहेको छ । यस्तै वडा नं १० मा गठबन्धनको २८५१ छ भने नेकाको १०३३ मत रहेको छ । त्यसैगरी वडा नं ११ मा गठबन्धनको १५५४ मता रहेको छ भने नेकाको १०५६ मत रहेको छ । त्यस्तै वडा नं १२ मा गठबन्धनको १७१९ मत रहेको छ भने नेकाको १०२७ मत रहेको छ । यसैगरी वडा नं १३ मा गठबन्धनको १७०२ मत छ भने नेकाको ७५७ मत रहेको छ । यसरी स्थानीय निर्वाचनको परिणामलाई हेर्ने हो भने काठमाडौ क्षेत्र नं ४ मा डा. राजन भटराई जित्ने पक्का जस्तै देखिन्छ ।

यो क्षेत्रमा ०७० को चुनावमा गगनकुमार थापा भारी मतअन्तरले विजयी भएका थिए । थापाले २२ हजार ३३६ मत ल्याउँदा एमालेका निर्मल कुइकेल ९ हजार १३५ र माओवादीका नन्दबहादुर पुनले ६ हजार ४६२ मत ल्याएका थिए ।गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने वडाको नतिजाअनुसार कांग्रेसले महानगरको वडा नं ८ र ३० बाहेक अरु जित्न सकेन ।

यो क्षेत्रमा अहिले एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ मत छ भने कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ मत छ । यो क्षेत्रबाट विवेकशील–साझा पार्टीले २६ वर्षकी सुबुना बस्नेतलाई अघि सारेका कारण कति स्वतन्त्र भोट उनले तान्न सक्छिन् भन्ने तथ्यले हार जित निक्र्योल गर्ने देखिन्छ ।
अन्य यस्ता छन गगन थाया हार्ने कारणहरु

विगतका वर्षमा कांग्रेसले एकपछि अर्को गल्ती गर्यो । ती गल्तीको प्रतिरक्षा जस्तै तार्किक ब्यक्तिबाट पनि सम्भव थिएन । अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्की विरुद्ध एमाले र माओवादीले महाभियोग प्रस्ताव ल्याउँदा गगनले त्यसको प्रत्यक्ष समर्थन गर्न सकेनन् । तर, महाभियोगका पक्षमा संसदमा लामो भाषण भने दिए । एकातिर कांग्रेस केन्द्रीय समितिमा धनराज गुरुङहरुले महाभियोगको पक्षमा बोल्दा गगन चुप लागे भने अर्कोतिर सार्वजनिक खपतका लागि मिडियामा लोकमानको विरोध गरे । फलतः कांग्रेस पार्टी लोकमानवारे मौन रह्यो । लोकमानलाई हटाउन सर्वोच्च अदालतले नै हस्तक्षेप गर्नु पर्ने अवस्था आयो ।

गगनको अर्को दोहोरो मापदण्ड कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग लगाउँदा देखियो । सिटौला समुहका भए पनि पछिल्लो समय प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवाको निकट रहन सफल हुनेमा गगन पर्छन् । त्यसैले पार्टी भित्र उनले न्यायपालिका प्रमुख विरुद्ध ल्याइएको महाभियोगको विरोध गर्न सकेनन् । यद्यपि सर्वोच्च अदालत आफैंले महाभियोग असफल बनाएपछि महाभियोग गलत थियो भनेर गगनले मिडियामा बयान दिए ।

डा गोविन्द केसीको अनसनबारे पनि गगनको दोहोरो मापदण्ड देखियो । आफू सरकारमा नभएको बेला केसीको आन्दोलनका आयोजक जस्तै बनेर देखिने तर, मन्त्री हुँदा तिनै माग बेवास्ता गरेको आरोप गगनमाथि लाग्यो । यो उनको दोहोरो मापदण्डकै कारण थियो । मन्त्रीबाट हटेपछि डा केसीको आन्दोलनले साझा विवेकशील पार्टीलाई राजनीतिक माइलेज मिल्ने देखेर फेरि गगन त्यसको स्वामित्व लिन अघि सरे ।

एमाले उम्मेदवार डा भट्टराईलाई भने हरेक मुद्दामा उनको दलले लिएका स्पष्ट अडानका कारण यस्तो अप्ठ्यारो आइलागेन । कांग्रेसका गल्ती गगनका टाउकामा पनि भारी भए ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग