पूर्वआईजीपी अर्याल जेल जाने निश्चित भए पछी अख्तियारका आयुक्तका सम्धी प्रहरीका डीआईजीको शरणमा,पाँच करोडभन्दा बढी अकूत सम्पती यसरी जोडे अर्यालले



हाम्रो इकोनोमि

नेपाल प्रहरीका पूर्वआईजीपी उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । पदीय दुरुप्रयोग गरेर अकूत सम्पत्ति कमाएको आरोप लगाउँदै उनीमाथि छानबिन सुरु गरेको हो । आयोगले चार महिनाअघि अर्याललाई १३ पन्ने भराएर अनुसन्धान सुरू गरेको थियो । चार महिनाको अनुसन्धानपश्चात् आयोगले आइतबार पूर्वआईजी अर्यालसँग पहिलो चरणको बयान लिएको छ । बयान दिन अर्याल आइतबार बिहान ११ बजेतिर टंगालस्थित कार्यालयमा पुगेका थिए ।

उनीमाथि पाँच करोडभन्दा बढी अकूत सम्पत्ति जोडेको प्रमाण अख्तियारले फेला पारेपछि छानबिन अगाडि बढाएको हो । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा विनाटेण्डर जामर मेसिन खरिददेखि गुणस्तरहीन डीएमएस बुट, पार्का ज्याकेट, म्याजिक लाईट, सिलपिङ व्याक लगायतका बन्दबस्तिका सामान खरिदमा ढेड करोड भ्रष्टाचार गरेको आरोप अर्यालमाथि लागेको छ ।

सार्क सम्मेलनकै क्रममा छिमेकी मुलुकहरूका सरकार प्रमुखको सवारीमा स्कर्टिङको व्यवस्था मिलाउन प्रहरीले बुलेट मोटरसाइकल खरिद गरेको थियो । साढे ४ देखि ५ लाख बजार मुल्य पर्ने ३ सय ५० सीसीको मोटरसाइकललाई ६ लाख ८१ हजार रुपैयाँका दरले खरिद गरिएको प्रमाण अख्तियारले फेला पारेको छ । कम दरमा प्रस्ताव गरेको बजाज समूहले असन्तुष्ट भई प्रहरी मुख्यालय र अख्तियारमा उजुरी दियो । छानबिन गर्नुको साटो उल्टै अख्तियारले भुक्तानीका लागि निर्देशन दिई लोकमानले समेत पदको दुरुपयोग गरेको प्रमाण फेला परेको छ । उनकै पालमा ३० रुपैयाँ पर्ने सिट्ठीलाई डेढ सयसम्म र १२ सय रुपैयाँ पर्ने म्याजिक लाइटलाई ४५ सय रुपैयाँमा खरिद गरी भ्रष्टाचार गरेको स्रोतले बतायो । ‘लोकमानमाथि महाअभियोग लाग्नासाथ खरिद प्रक्रियामा संलग्न प्रहरी अधिकारीहरू डरले अख्तियारका केही आयुक्तकहाँ धाउँदै आएका छन् । लोकमानको कार्यकालभर प्रहरीभित्रका अनियमितता र भ्रष्टाचारका एउटा पनि उजुरीको छानबिन भएको छैन’, स्रोतले भन्यो ।

एकाध प्रतिशोधबाहेक प्रहरी अधिकारीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा समेत छानबिन अघि बढेको थिएन । अख्तियारमा पुगेका प्रहरीका उजुरीहरू तामेलीमा राखिन्थे भने अन्यत्रको छानबिन पनि लोकमानको निर्देशनमा रोकिएको थियो । प्रहरीको ज्याकेट खरिदमा भएको अनियमितताको उजुरी संसदको लेखा समितिमा पुगेको थियो । १५ सय रुपैयाँको प्रस्ताव लत्याएर प्रहरीले श्लोक इन्टरप्राइजेजले प्रस्ताव गरेको २२ सयमा ज्याकेट खरिद गरिएको थियो । तत्कालीन समयमा लेखा समिति प्रमुख रहेका जर्नादन शर्माले यस विषयमा अनुसन्धान सुरू गरेका थिए । तर शर्मा ऊर्जा मन्त्रालय सम्हाल्न पुगेपछि तत्कालीन अख्तियार प्रमुख लोकमान सिंहको निगाहामा छानबिन रोकिएको थियो ।

अर्याललाई एसएसपी हुँदादेखि नै अकूत सम्पत्ति आर्जन गरी हुन्डी कारोबारी पवन सरियाहरूलाई मिटर ब्याजमा करोडौैं रुपैयाँ लगानी गरेको आरोपसमेत लागेको छ । उनले २०७३ फागुन १ मा ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका थिए । अख्तियारले अनुसन्धान अगाडी बढाएपछि अर्याल भने शक्ति केन्द्र धाउँदै आएका छन् ।

अख्तियारका आयुक्त नविन घिमिरेलाई प्रभावमा पार्न अर्याल अहिले घिमिरेका सम्धि डीआईजी पवन खरेलको शरणमा पुगेका छन् । भ्रष्टाचार गरेको पैसाले अर्यालले देशका विभिन्न ठाउँमा जग्गा खरिद गरेको पाइएको छ । पहिलो संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट सभासद भएका सिन्धुलीका सभासद् उज्ज्वल बराल र अर्यालको साझेदारीमा सिन्धुलीको दुधौलीमा ६ सय रोपनी जग्गा खरिद गरेको अख्तियारले भेट्टाएको छ । महँगो भाउमा उक्त जग्गा संगठनलाई भिडाएर प्रहरीको तालिम केन्द्र सार्ने मनसाय राखेर जग्गा किनेको अनुमान आयोगले गरेको छ । त्यस्तै निवर्तमान सभासद् मोहन बरालसँग पनि काभ्रेलगायत विभिन्न ठाउँमा जग्गा खरिद गरेको आयोगले पाएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...