माओवादी उम्मेदवार पेस्तोल सहित चुनाबी प्रचारमा,तीन राउण्ड गोली सहित प्रहरीले यसरी गर्यो पेस्तोल बरामद



हाम्रो इकोनोमि

गोरखामा माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार शुसीला शिंखडा चढेको मोटरसाइकल चेकजाँचका क्रममा मंगलबार पेस्तोलसहित तीन राउण्ड गोली प्रहरीले बरामद गरेको छ।
निर्वाचन लक्षित गरी प्रहरीले गोरखाको भीमसेन गाउँपालिका ३ धावाबाट विशेष चेकजाँच गर्ने क्रममा मंगलबार बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलमा ९ एमएमको पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको हो।

मोटरसाइकल चालक भीमसेन ४ का गुणप्रसाद खनाल फरार छन्। डिएसपी भेषराज रिजालका अनुसार अहिले उम्मेदवार शुसीला शिंखडासँग सोधपुछ गर्ने कार्य भइरहेको छ।

चालक खनालले बोकेको झोलाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो। झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...