माओवादी उम्मेदवार पेस्तोल सहित चुनाबी प्रचारमा,तीन राउण्ड गोली सहित प्रहरीले यसरी गर्यो पेस्तोल बरामद



गोरखामा माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार शुसीला शिंखडा चढेको मोटरसाइकल चेकजाँचका क्रममा मंगलबार पेस्तोलसहित तीन राउण्ड गोली प्रहरीले बरामद गरेको छ।
निर्वाचन लक्षित गरी प्रहरीले गोरखाको भीमसेन गाउँपालिका ३ धावाबाट विशेष चेकजाँच गर्ने क्रममा मंगलबार बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलमा ९ एमएमको पेस्तोल र तीन राउण्ड गोली बरामद गरेको हो।

मोटरसाइकल चालक भीमसेन ४ का गुणप्रसाद खनाल फरार छन्। डिएसपी भेषराज रिजालका अनुसार अहिले उम्मेदवार शुसीला शिंखडासँग सोधपुछ गर्ने कार्य भइरहेको छ।

चालक खनालले बोकेको झोलाबाट प्रहरीले पेस्तोल बरामद गरेको हो। झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग

समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला : प्रधानमन्त्री

    प्रधामन्त्री केपी शर्मा ओलीले समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउन अपिल गर्नुभएको