राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि सुरु



हाम्रो इकोनोमि

 

पचासौं राष्ट्रिय कराते प्रतियोगिता कात्तिक २२ गतेदेखि राजधानीमा शुरु हुने भएको छ ।

नेपाल कराते महासंघको आयोजनामा शुरु हुने उक्त प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

यसअघि कात्तिक २३ गतेदेखि आयोजना गर्ने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले एक दिन अगाडि सारिएको सो प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल ९एपिएफ० गरी सात टोलीका १८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताबाट उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गरिने आयोजकको भनाइ छ । प्रतियोगिताको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...