राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि सुरु



हाम्रो इकोनोमि

 

पचासौं राष्ट्रिय कराते प्रतियोगिता कात्तिक २२ गतेदेखि राजधानीमा शुरु हुने भएको छ ।

नेपाल कराते महासंघको आयोजनामा शुरु हुने उक्त प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

यसअघि कात्तिक २३ गतेदेखि आयोजना गर्ने भनिएको उक्त प्रतियोगिता प्राविधिक कारणले एक दिन अगाडि सारिएको सो प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल ९एपिएफ० गरी सात टोलीका १८४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला र पुरुष तौल समूह तथा एकल टिम कातामा प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताबाट उत्कृष्ट २३ खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गरिने आयोजकको भनाइ छ । प्रतियोगिताको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...