नागरिकता त्याग्छु भन्दै यसरी मतदाता संग रोए नवराज सिलवाल,प्रतिस्पर्धी अर्थराज्य मन्त्री राणाले सिलवाल सिध्याउन यति सम्म गरे



बाम गठबन्धनका तर्फबाट ललितपुर १ का उम्मेदवार नवराज सिलवाल आइतबार मतदातासँग भावुक बनेका छन् ।आइतबार विशंखुनारायणमा भएको प्रचार सभालाई सम्बोधन गर्नेक्रममा आईजीपी नियुक्तिमा आफूमाथि भएको अन्यायलाई सम्झिदै सिलवालले आँखाबाट आसु झारे । उनी आफू मात्रै होइन् मतदातालाई पनि भावुक बनाए ।

प्रहरी सेवाको सम्पूर्ण समय आफू एक नम्बरमा हुँदापनि सत्ताको अनुचित दवावकाबीच प्रहरी संगठनको पद्धति खल्बल्याएर आत्मसमर्पण नगरेको प्रतिशोधका कारण आफूलाई अन्यायपूर्वक महानिरीक्षक नबनाएर पीडित बनाएको स्मरण उनले गरे ।

सिलवालले आफ्नो खेले हुर्केको क्षेत्र गोदावरीका स्थानीयहरु समक्ष भावुक रुपमा प्रस्तुत भए– ‘मलाई व्यक्तिगत चरित्र हत्या गर्न नेपाली काँग्रेस र निर्वाचन क्षेत्रका उम्मेदवार उदयसम्सेर राणाले ग्रुप नै बनाएर लागेका रहेछन् मेरो कुनै अनियमितता पुष्टि गर्नुस् म नागरिकता त्याग्न तयार छु सक्नुहुन्छ अरुले ?’

‘काँग्रेसले माफी माग्नुपर्छ, विकास कसरी गर्ने भन्ने वाम गठबन्धनले सिकाउछ’

सम्बोधनका क्रममा बाम गठबन्धनका तर्फबाट ललितपुर १ का उम्मेदवार सिलवालले नेपाली काँग्रेसले भ्रम छर्न छोडेर माफी माग्नुपर्ने बताए । सिलवालले माफी मागेर प्रतिपक्षमा एक दुई कार्यकाल बसेर मुलुकको विकास कसरी गर्नुपर्छ भनेर बाम गठबन्धनबाट सिक्न काँग्रेसलाई आग्रह गरे ।

उदारीकरणका नाममा राष्ट्रिय पहिचानबनाएका भृकुटी कागजकारखाना, छाला जुत्ताकारखाना, जुटमील लगायतकाउद्योगलाई ध्वस्तबनाएको काँग्रेसले जनतालाई आर्थिक विकासको पाठ सिकाएर पंगु बनाउन खोजेको भन्दै काँग्रेसको नेतृत्वमा मुलुक संचालन भएको समयमा भ्रष्टाचार संस्थागत भएको जिकिर गरे ।

पूर्व डीआईजी सिलवालले नेपाली काँग्रेसका नेता उदयसम्सेर राणालाई लक्षित गरेर भने– ‘मेरो जति पारदर्शी जीवनशैली देखाएर जनतामाझ एजेण्डा लिएर आउनुस्, अरुलाई हिलो छ्याप्ने अनि अभाव र अविकासलाई भजाएर मत किन्ने प्रयास नगर्नुस् ।’

काँग्रेसले संसद किनबेच, पजेरो संस्कृतिलगायतका कुसंस्कार भित्र्याएर लोकतन्त्रलाई आफ्नो खल्तीको सामान जस्तै भजाएकोमा कटाक्ष गर्दै प्रस्तुत भएका सिलवालले बाम गठबन्धनले दुई तिहाई ल्याएर समाजवादी मोडलमा विकास गरेर युवा रोजगारीमा उल्लेखनीय काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा

नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको