विप्लबको पार्टीमा यसरी लाग्यो खिया,चुनाव बहिष्कारमा लागेका विप्लवलाई सबैले छोडे,चुनाबको मुखैमा प्रचण्डलाई यस्तो फाइदा



हाम्रो इकोनोमि

सबै दल चुनावको तयारीमा लागेका बेला ‘विद्रोही र उग्र’ स्वभावका नेता नेत्रविक्रम चन्द विप्लव भने चुनाव बहिष्कारको अभियानमा छन् । तर, विप्लवको यो अभियानमा साथ दिने सहयात्री भने विस्तारै लाखापाखा लागिरहेका छन् । पार्टीका सहयात्रीले छाड्दै जान थालेपछि यतिबेला विप्लव नराम्रोसँग एक्लिँदैछन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीबाट मोहन बैद्य किरणसहितका केही विद्रोही स्वभावका नेताहरुसहित बाहिरिएका विप्लव त्यसपछि वैद्यसँग पनि लामो समय टिक्न सकेनन् । वैद्य पनि आत्मसमर्पणवादी देखिएको भन्दै उनी त्यहाँबाट पनि छुट्टिएर अर्को पार्टी गठन गरेका थिए । तर विप्लवले गठन गरेको त्यो पार्टी अहिले भित्रभित्र रित्तिँदै गएको छ । यहाँका नेता कार्यकर्ताहरु विस्तारै पलायन हुँदैछन् ।

विप्लवको पार्टीभित्रको असन्तुष्टि पछिल्लो समय महोत्तरीमा देखिएको छ । विप्लवको पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार संयोजक नै पुनः माओवादी केन्द्र फर्किएका छन् । केन्द्रीय सल्लाहकार संयोजक बलबहादुर बलम्पानी पुनः पुरानै पार्टी माओवादी केन्द्रमा फर्किएका हुन् । बलम्पाकी आफूमात्र फर्किएनन् उनले आफूसँगै २ सय नेता कार्यकर्तालाई आफूसँगै माओवादी केन्द्रमा ल्याएका छन् ।

पार्टीमा भित्रिएका आगन्तुकलाई महोत्तरी क्षेत्र नम्बर १ मा बाम गठबन्धनतर्फका उम्मेदवार रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले स्वागत गरेका हुन् । माओवादी केन्द्रबाट बाहिरिए र बैद्य नेतृत्वमा नयाँ पार्टीमा पुगेका अधिकांश नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किइसकेका छन् । यही क्रममा विद्रोही प्रवृत्तिका विप्लवसँगै नेता कार्यकर्ताले विद्रोह गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । निर्वाचनका लागि ३ हप्ताको समय बाँकी रहँदा यसरी नेता कार्यकर्ताले विद्रोह थालेपछि विप्लवको बहिष्कारको एजेण्डाको भविष्य समेत अनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...