बालकृष्ण ढुंगेलले अबको जीवन सदरखोर जेलमा बसेर यसरी काट्ने भए



हाम्रो इकोनोमि

नेपाल प्रहरीले आज पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेल कैद भुक्तानको लागी डिल्लीबजार कारागार लगेको छ।

ललितपुरको सातदोबाटोबाट पक्राउ गरी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालय मा उपस्थित गराए लगत्तै डिल्लीबजार लगेको हो। पक्राउ परेका ढुङगेल अदालतमा रातो टिसर्ट र खैरो ज्याकेटमा उपस्थित भएका थिए।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।

सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाए पनि उनी फरार थिए। उनलाई सात दिनभित्र पक्राउ गर्न २०७३ चैत ३१ गते सर्वोच्चले प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...