गौतम निवासमा एमालेले डाक्यो स्थायी समिति बैठक, यस्ता यस्ता हुदैछन निर्णय



हाम्रो इकोनोमि

नेकपा एमालेले माओवादीसँग सहमति भइसकेका क्षेत्रका उम्मेदवारको नाम आज टुंग्याउने तयारी गरेको छ । त्यसका लागि एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा अहिले बिहान ११ बजे स्थायी समिति बैठक डाकेको छ ।

वाम गठबन्धन आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रबीच दैलेख, सुर्खेत, सल्यान, झापा र चितवनका केही क्षेत्रबाहेकमा उम्मेदवार उठाउनेबारे सहमति जुटिसकेको छ ।

यद्यपि, एमाले र माओवादी केन्द्रले आन्तरिक गृहकार्य बाँकी रहेकाले पार्टीको तर्फबाट उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् । सोमबार ७ नं. प्रदेशको उम्मेदवारको अन्तिम टुंगो लगाएको एमालेले आज बाँकी सबै क्षेत्रका उम्मेदवार टुंग्याउने तयारी गरेको छ ।

यसैबीच, एमाले र माओवादी केन्द्रका बीच सहमति जुट्न नसकेका निर्वाचन क्षेत्रबारे अन्तिम टुंगो लगाउन दुई पार्टीका अध्यक्ष छलफलमा बस्दै छन् ।

एमाले र माओवादीबीच चितवन–२, सल्यान–२ र झापा–२ मा सहमति जुट्न सकेको छैन । त्यस्तै दैलेख र सुर्खेतमा उम्मेदवार उठाउनेबारे पनि सहमति जुट्न बाँकी छ ।

दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कात्तिक १६ गते हुँदैछ । यसअघि कात्तिक ५ गते पहिलो चरणमा हुने निर्वाचनको उम्मेदवारी मनोनय दर्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...