बाम गठबन्धनलाई सोत्तर पार्न कांग्रेसले साइत जुराएर घोषणा पत्र जारी गर्दै,मंगलबार १२ बजेलाई निस्कियो यस्तो साइत



हाम्रो इकोनोमि

नेपाली काँग्रेसले कार्तिक १४ गते मंगलबार मध्याह्न साढे १२ बजे घोषणापत्र सार्बजनिक गर्ने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा पार्टीको घोषणापत्र तयार भईसकेकोले मंगलबार सार्वजनिक गर्ने तयारी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यसपटक मुलुकका दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले काँग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको काँग्रेसले जनाएको छ । बाम गठबन्धनपछि एमाले माओवादीले एउटै घोषणापत्रबाट चुनाव लड्दैछन् । यद्यपि उनीहरुले औपचारिक कार्यक्रम मार्फत् घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् । काँग्रेसले यो पटकको चुनावी नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नै राखिएको छ । उता बाम गठबन्धनले पनि संयुक्त रुपमा केहि दिन भित्रमै घोषणा गर्ने तयारी गरेको बुझिएको छ। बुझीए अनुसार कांग्रेसले साइत हेरेर मंगलबारको मिति तय गरेको हो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...