बाम गठबन्धनलाई सोत्तर पार्न कांग्रेसले साइत जुराएर घोषणा पत्र जारी गर्दै,मंगलबार १२ बजेलाई निस्कियो यस्तो साइत



हाम्रो इकोनोमि

नेपाली काँग्रेसले कार्तिक १४ गते मंगलबार मध्याह्न साढे १२ बजे घोषणापत्र सार्बजनिक गर्ने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि पार्टीले केन्द्रीय तहमा पार्टीको घोषणापत्र तयार भईसकेकोले मंगलबार सार्वजनिक गर्ने तयारी रहेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यसपटक मुलुकका दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले काँग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको काँग्रेसले जनाएको छ । बाम गठबन्धनपछि एमाले माओवादीले एउटै घोषणापत्रबाट चुनाव लड्दैछन् । यद्यपि उनीहरुले औपचारिक कार्यक्रम मार्फत् घोषणापत्र सार्वजनिक गरिसकेका छैनन् । काँग्रेसले यो पटकको चुनावी नारा ‘काँग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ नै राखिएको छ । उता बाम गठबन्धनले पनि संयुक्त रुपमा केहि दिन भित्रमै घोषणा गर्ने तयारी गरेको बुझिएको छ। बुझीए अनुसार कांग्रेसले साइत हेरेर मंगलबारको मिति तय गरेको हो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...