बाबुराम नांगिदै,दाहिने हातले लात हानेर प्रचण्ड संग घाँटी मिलाए,बाबुरामको उम्मेद्वारी खारेजीका लागि यस्तो राखियो माग



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताएका छन्।

डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उनले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए।

उनले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पुर्याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गरे ।

अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताए। गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत हुन्।

“सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन“, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भने, “म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें। तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ।“

माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउँदै वाम गठबन्धनले जिते मात्र देशको स्थिरता र समृद्धि सम्भव हुने बताए।

यता नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता अग्नि सापकोटा र एमालेबाट उम्मेदवार बनेका दीपक मनाङ्गे भनिने राजिब गुरुङ र मोहमम्द अफताव आलमको उम्मेदवारी खारेज गर्न माग गरेको छ ।

एडभोकेसी फोरम नेपाल, इन्सेक र नेपाल मानवअधिकार संगठनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी चारै जना मानव अधिकार उल्लंघनका घटनामा दोषी देखिएकोले उम्मेदवारी खारेजीको माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...

देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

वाणिज्य बैंकहरुको नाफा ४९ अर्ब २१ करोड, सबैभन्दा बढी नबिलले कमायो

    वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...