निर्वाचन आयोगले मतपत्र छाप्ने काम रोक्यो,अदालतलाई के जवाफ दिने भन्दै निर्णयका लागि आयोगको बैठक अहिलेसम्म जारी



निर्वाचन आयोगले सर्वोच्चको आदेश पाएसँगै मतपत्र छपाइको काम रोकेको छ। गत बुधबार सर्वोच्च अदालतले दिएको आदेश शनिबार प्राप्त भएपछि आयोगको शुक्रबारदेखि सुरु गर्ने भन्दै प्रक्रिया अगाडि बढाएको छपाइको काम स्थगति भएको हो।

‘डिजाइनको काम त चलिरहेकै छ। तर छपाइको काम अघि बढेको छैन,’ निर्वाचन आयोगका एक अधिकारीले भने, ‘सर्वोच्च अदालतको आदेश निर्वाचन आयोगमा प्राप्त भएपछि आयोगको बैठक आज मात्र बसेको छ।’ उनले आजै साँझसम्म सर्वोच्चको आदेशको जवाफ के दिने र छपाइका विषयमा के निर्णय गर्ने भन्ने टुंगो लाग्छ।

निर्वाचन आयोगको बैठक अहिले जारी छ। आयोगले आजै सर्वोच्चलाई दिने जवाफ र मतपत्र छपाईलाई जारी राख्ने वा सर्वोच्चको आदेशका आधारमा दुईवटा छाप्ने सम्बन्धमा निर्णय गर्ने छ।

शुक्रबारदेखि मतपत्र छपाइ सुरु गर्ने घोषणा गरेका प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले साँझ जनकशिक्षा सामग्री केन्द्रमा पुगेर शुभारम्भ नैं भएको घोषणा गरेका थिए। स्रोतका अनुसार प्रमुख आयुक्त यादवले बाहिर भनेजस्तो मतपत्र छपाइको काम शुभारम्भ नगरेर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा नमुना मतपत्र छपाइको काम मात्र शुभारम्भ गरेका थिए।

शुक्रबार प्रमुख आयुक्त यादवले सुरक्षा निकायलाई निर्वाचन सुरक्षा तालिम उद्घाटनमा मतपत्र त्यही दिन छाप्न थालिने घोषणा गरेका थिए भने दिउँसो रिपोर्टर्स क्लव पुगेर छपाई सुरु भइसकेको बताएका थिए। साँझ भने आफूले शुभारम्भ गरेको भन्दै मिडियासँग प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

विहेको उमेरहद १८ वर्ष कायम गर्न संसदीय समितिको सुझाव

     प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी