वाम गठबन्धनका शीर्ष नेताको बैठक जारी के के हुदै छ बैठकमा



हाम्रो इकोनोमि

 

 

आगामी मंसिर २१ हुने निर्वाचनको लागी उमेद्दवारी बाँडफाड बाम गठबन्धनको बैठक बसिरहेको छ । आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आपसी सिट बाँडफाँडलाई टुंगो लगाउने तयारी भएको छ ।

एमालेका सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ । एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँड गर्न एमाले महासचिव ईश्वर पोखरलको संयोजकत्वमा रहेको कार्यदलले शीर्ष नेतालाई आफ्नो प्रतिवेदन दिइसकेको छ । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता हुनुहुन्छ ।

गठबन्धनले संयुक्त घोषणापत्रलाई पनि चाँडै टुंगो लगाउने बुझिएको छ । दुई दलबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेल गर्ने घोषणा भएको थियो । ओली र दाहालले देशभर संयुक्त निर्वाचन परिचालन कमिटी र पार्टी एकता संयोजनसम्बन्धी भेला गरी संयन्त्र गठन गर्न शुक्रबार अन्तरपार्टी निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...