दोलखामा यसरी जित्दैछ वाम गठबन्धनले , गठबन्धनको अगाडी नेपाली कांग्रेस कमजोर



हाम्रो इकोनोमि

 

 

आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रशार सुरु भएसँगै चुनावी जोड घटाउँ शुरु भएको छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल गरी प्रतिस्पर्धा गर्दासमेत एक्लैले ९ मध्ये ७ स्थानीय तह जितेको एमालेसँग माओवादी गठबन्धन बनेपछि निकै बलियो बनेको छ ।

दोलखामा एमाले आफैमा निकै बलियो शक्ति हो । सवै मिलेर पनि एमालेसँग प्रतिस्पर्धा गर्न कठीन हुने गरेको छ । यस पटक नेकपा माओवादी केन्द्रसमेत एमालेसँग् मिलेपछि दोलखामा कांग्रेस निकै कमजोर देखिएको हो । कमजोर भएकै कारण यसअघि चुनाव लडेका कांग्रेस नेता जीपछिरिङ लामाले प्रतिनिधिसभामा उम्मेदवार बन्ने चाहना त्याग्नुभयो । सोही कारण कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खडका उम्मेदवार बन्नुभएको छ । लामाले हार्ने चुनाव किन लडनु भन्दै छाडेपछि खडकाले टिकट पाउनु भएको हो ।

लामो समय अमेरिका बसेर फर्कनु भएका खडका भलादमी हुनुहुन्छ तर जनताको काम गर्ने सवालमा सिन्को समेत भाँच्न नसक्ने नेताका रुपमा दोलखा कांग्रेसकै नेताहरुले परिचय गराउने गरेका छन ।कांग्रेसको जिल्ला सम्मेलनको क्रममा खडकामाथि अमेरिकी ग्रिनकार्ड होल्डर रहेको आरोप लागेको थियो । तर खडकाले आरोपको अहिलेसम्म प्रतिवाद गर्नुभएको छैन ।

कांग्रेसले दोलखामा प्रदेश सभातर्फ क्षेत्र नं १ मा बर्मा लामा र क्षेत्र नं २ मा केशव चौलागाईलाई उम्मेदवार बनाएको छ । दुवै उम्मेदवारलाई उत्तरी क्षेत्रका जनताले चिन्दैनन । यता एमाले माओवादी नेतृत्वको बाम गठबन्धनबाट प्रतिनिधिसभामा लोकप्रिय र सवै जनताको घरमा पुगेका जनप्रेमी नेता पार्वत गुरुङलाई उम्मेदवार बनाएको छ । गुरुङ उत्तरका भएपनि दक्षिणी क्षेत्रमा बलियो पकड राख्नु हुन्छ ।

पार्वत गुरुङसँग् रुद्रबहादुर खडकाको तुलना नै हुन सक्दैन, पार्वत बिकाशप्रमी छन, जनताको काम गर्न रात दिन भन्दैनन, दोलखाली माटोलाई माया गर्छन, रुद्रबहादुर दाई त अमेरिका बसेर आएको मान्छे, यताको जनताको कुरा पच्दैन

 

गुरुङको लोकप्रियताकै कारण एमालेले प्रतिनिधिसभामा उम्मेदवार बनाएको हो । दोलखाका कांग्रेसकै नेतासमेत गुरुङसँग खडकाको तुलना हुनै नसक्ने बताउँछन । ‘पार्वत गुरुङसँग् रुद्रबहादुर खडकाको तुलना नै हुन सक्दैन, पार्वत बिकाशप्रमी छन, जनताको काम गर्न रात दिन भन्दैनन, दोलखाली माटोलाई माया गर्छन, रुद्रबहादुर दाई त अमेरिका बसेर आएको मान्छे, यताको जनताको कुरा पच्दैन,’ दोलखा कांग्रेसका एक नेताले भने । गुरुङ चुनावपछि बन्ने सरकारको मन्त्री बन्ने पक्कापक्की जस्तै रहेको छ ।

 

बाम गठबन्धनबाट प्रदेश सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिशाल खडका उम्मेदवार बन्नुभएको छ । माओवादीले भावी मन्त्रीका रुपमा खडकालाई अघि सारिसकेको छ । शहिद रितबहादुर खडकाका भाई रहेको कारण र जनयुद्धताका लामो समय जेल बसेको नेता भएको कारण बिशाल माओवादीको पहिलो रोजाईमा पर्नुभएको हो ।

यस्तै क्षेत्र नं २ मा पनि एमालेले हेभी वेटलाई उम्मेदवार बनाएको छ । भावी मुख्यमन्त्रीका रुपमा अघि सार्दै एमालेले पोलिटब्युरो सदस्य पशुपति चौलागाईलाई क्षेत्र नं २ को उम्मेदवार बनाएको हो । प्रतिनिधिसभामा दावेदार रहेपनि चौलागाईलाई प्रदेश ३ को मुख्यमन्त्री बनाउने गरी प्रदेशको क्षेत्र नं २ मा पठाइएको हो ।

 

सो क्षेत्रमा पूर्वजिविस सभापति लालकुमार केसी नेकपा मालेबाट उम्मेदवार बन्नुभएको छ । उहाँ उम्मेदवार बनेपनि चौलागाईलाई हराउने सामथ्र्य नभएको सो क्षेत्रका मतदाताको बुझाइ छ । एमालेबाट टिकट नपाएप्छि केसी मालेबाट उम्मेदवार बन्नुभएको हो । केसी आफू बलियो रहेको र जित्ने दावी गरेपनि उहाँको आफ्नो गाउँपालिका बिगु र वडा लादुकमा स्थानीय तह एमाले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...