झापा तनाबग्रस्त,बिर्तामोडमा प्रहरीको गोली लागेर २ को ज्यान गयो,सेना परिचालनको तयारी



हाम्रो इकोनोमि

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले चलाएको गोली लागेर बिर्तामोडमा दुइ जनाको मृत्यु भएको छ ।

 

लक्ष्मण शिवाकोटीको मृत्युबारे छानविनको माग गर्दै शुक्रबार बिर्तामोडमा विहानैबाट प्रदर्शन सुरु भएको थियो । स्थानीय नियन्त्रण बाहिर जान लागेको भन्दै स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगायो ।

तर, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी चौकीमा तोडफोड तथा अगजनी गरेको प्रहरीले बताएको छ ।

स्थानीय अनियन्त्रित भएपछि बाध्य भएर गोली चलाउनु परेको विर्तामोडका डीएसपीले बताए । प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा नगरपालिका ११ का नरेश थापाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।अर्को मृत्यु हुनेको नाम खुलेको छैन।

प्रदर्शनकारीले आक्रमणबाट सशस्त्र प्रहरीका एसपी समेत घाइते भएका छन् । ‘प्रहरी चौकीमा आगो लागेको छ । केही सवारी साधन पनि जलाएका छन् । कर्फ्यु लगाउँदा पनि स्थिति नियन्त्रण बाहिर गएपछि बाध्य भएर गोली चलाइएको हो’ विर्तामोडका डीएसपी राजकुमार सिलवालले भने ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...