सिडियोले झापामा सेना प्रयोग गर्ने यसरी मागे अनुमति,किन दंगा मच्चियो झापामा



झापाको जिल्ला सुरक्षा समितिको बैठकले तनावग्रस्त बनेको झापाको विर्तामोड क्षेत्रमा सेना परिचालन गर्न रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरेको छ । शुक्रबार आन्दोलनकारीहरुले गरेको बन्द आह्वानका क्रममा तनाव बढ्दै गएपछि बसेको समितिको बैठकले सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती लिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

उनले कर्फ्यू आदेश जारी भएपछि स्वतः सेना सडकमा आउने भन्दै बैधानिक रुपमा सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरिएको बताए । दिउँसैदेखि स्थितीलाई साम्य पार्नको लागि प्रयास गरेपनि त्यो सम्भव नभएकोले सेना परिचालन गर्नु पर्ने स्थिती सिर्जना भएको उनले बताए ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका गरेका प्रदर्शनकारी माथि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो। विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि अनिश्चित कालको लागि कर्फ्यू आदेश जारी गरेको हो ।

आक्रोशित भीडले विशेषगरी प्रहरी कार्यालय र नगरपालिकाका मेयरलाई बढी तार्गेटमा पारेका छन् । उनीहरुले सरकारी कार्यालयमा पति प्रहरी कार्यालय पछि मेयरकै घरमा बढी तोडफोड गरेका छन् । लामो समयसम्म बालक हत्याराको दोषी पत्ता नलगाईनु र त्यसमा मेयरको पनि मौनताले उनको पनि यस घटनामा संलग्नता रहेको आशंका गर्दै आक्रोशित भीड मेयर माथि समेत जाईलागेको हो ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

माओवादीले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्ने

    नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन र खबरदारी सभा