सिडियोले झापामा सेना प्रयोग गर्ने यसरी मागे अनुमति,किन दंगा मच्चियो झापामा



हाम्रो इकोनोमि

झापाको जिल्ला सुरक्षा समितिको बैठकले तनावग्रस्त बनेको झापाको विर्तामोड क्षेत्रमा सेना परिचालन गर्न रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरेको छ । शुक्रबार आन्दोलनकारीहरुले गरेको बन्द आह्वानका क्रममा तनाव बढ्दै गएपछि बसेको समितिको बैठकले सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती लिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

उनले कर्फ्यू आदेश जारी भएपछि स्वतः सेना सडकमा आउने भन्दै बैधानिक रुपमा सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरिएको बताए । दिउँसैदेखि स्थितीलाई साम्य पार्नको लागि प्रयास गरेपनि त्यो सम्भव नभएकोले सेना परिचालन गर्नु पर्ने स्थिती सिर्जना भएको उनले बताए ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका गरेका प्रदर्शनकारी माथि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो। विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि अनिश्चित कालको लागि कर्फ्यू आदेश जारी गरेको हो ।

आक्रोशित भीडले विशेषगरी प्रहरी कार्यालय र नगरपालिकाका मेयरलाई बढी तार्गेटमा पारेका छन् । उनीहरुले सरकारी कार्यालयमा पति प्रहरी कार्यालय पछि मेयरकै घरमा बढी तोडफोड गरेका छन् । लामो समयसम्म बालक हत्याराको दोषी पत्ता नलगाईनु र त्यसमा मेयरको पनि मौनताले उनको पनि यस घटनामा संलग्नता रहेको आशंका गर्दै आक्रोशित भीड मेयर माथि समेत जाईलागेको हो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...