प्रदेश नम्बर ३ को यस्तो आयो पछिल्लो रिपोर्ट,कस्ले कहाँ कति सीट जित्दैछ,हेर्नुहोस तथ्यांक सहित



प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये ६ जिल्लामा पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। प्रदेश ३ मा पनि वाम र लोकतान्त्रिक गठबन्धन नै मुख्य प्रतिस्पर्धामा छन्। तालमेलका बीच पनि कतिपय निर्वाचन क्षेत्रको चुनावी परिणाम रोचक देखिन्छ।

पहिलो चरणमा प्रदेश ३ का दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट र धादिङमा निर्वाचन हुँदैछ।

दोलखा

वाम राजनीतिको पडक क्षेत्र दोलखामा ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका भीमबहादुर तामाङ निर्वाचित भएको बाहेक अन्य निर्वाचनमा वामपन्थी दलको पकड कायमै छ। ०६४ को संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादी जित्नुबाहेक दोलखामा एमालेले नै पकड जमाउँदै आएको छ।

एमाले -३९ हजार ७७६

कांग्रेस -२९ हजार १८२

माओवादी -११ हजार ८७२

दोलखामा प्रतिनिधिसमा एक क्षेत्र छ। जसमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुनेछ। प्रदेशका दुई क्षेत्रमा एमाले र माओवादी केन्द्रले एक/एक सिट बाँडेका छन्। दुबै क्षेत्रमा मुख्य प्रतिस्पर्धा कांग्रेस नै हो। एमालेका पार्वत गुरुङ र कांग्रेसका रुद्रबहादुर खड्का मुख्य प्रतिस्पर्धी छन्।

०७० को संविधानसभा सदस्य निर्वाचन दुबैमा एमाले विजयी भएको थियो। स्थानीय तहमा दुई नगरबाहेक सात स्थानीय तहमा कांग्रेस र माओवादीको गठबन्धन थियो। गठबन्धनबीच दुबै नगरसहित ७ स्थानीय तहमा एमाले विजयी भएको थियो।

स्थानीय तहको वडागत रुपमा एमालेले ३९ हजार ७७६ मत पाएको छ। कांग्रेसले २९ हजार १८२ मत पाउँदा माओवादी केन्द्रले दोलखामा ११ हजार ८७२ मत पाएको छ। योपटक कांग्रेस र माओवादीबीच गठबन्धन भएका कारण वाम उम्मेदवारलाई सहज देखिन्छ ।

 

रामेछाप

संविधानसभा सदस्य निर्वाचनमा दुई क्षेत्र रहेको रामेछापमा प्रतिनिधिसभाको एक क्षेत्र कायम छ। संविधानसभा सदस्य निर्वाचनमा भने क्षेत्र नम्बर १ मा कांग्रेस र २ मा माओवादी केन्द्र विजयी भएको थियो।

अहिले वाम तालमेलपछि रामेछापको प्रतिनिधिसभाको एकमात्र क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ। प्रदेशसभाका दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिएको छ। प्रतिनिधिसभामा माओवादीका श्याकुमार श्रेष्ठ र कांग्रेसका पूर्णबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा हुनेछ।

एमाले -३१ हजार ९८४

कांग्रेस -२७ हजार ३५४

माओवादी -२४ हजार ६८०

राप्रपा -एक हजार ३३८

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार एमाले रामेछापमा पहिलो स्थानमा छ। कांग्रेसभन्दा एमाले ३ हजार मतले अघि छ। एमालेले ३१ हजार ९८४ मत पाएको छ, वडागत रुपमा कांग्रेसले २७ हजार ३५४ र माओवादी केन्द्रले २४ हजार ६८० मत पाएको छ। रामेछापमा राप्रपाको १३ सय ८८ मत छ।

आसन्न निर्वाचनमा एमाले र माओवादी तालमेलमा छन्। यस्तै, कांग्रेसलाई राप्रपाले सघाउनेछ।

 

रसुवा

स्थानीय तह निर्वाचनमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा भएको रसुवामा संविधानसभा सदस्य निर्वाचनमा भने एमाले विजयी भएको थियो। कांग्रेस एमालेको मतान्तर ९ मात्र छ। रसुवामा माओवादी केन्द्रभन्दा नयाँ शक्तिको उपस्थिती बलियो छ।

एमाले -सात हजार १३९

कांग्रेस -सात हजार १३०

माओवादी -दुई हजार ५१२

नयाँ शक्ति -चार हजार ८५

नयाँ शक्तिको स्थानीय तहमा चार हजार ८५ मत छ। कांग्रेससँगको तालमेलमा रहेको नयाँ शक्तिले प्रदेशमा यसअघि संविधानसभा सदस्यमा माओवादीबाट उम्मेदवार रहेका प्रेम तामाङलाई अघि सारेको छ।

रसुवमा वाम र लोकतान्त्रिक गठवन्धनबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ।

 

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकमा प्रतिनिधिसभामा २ क्षेत्र छन्। वाम र लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा छन्। संविधानसभा सदस्य निर्वाचनमा तीन क्षेत्र रहेको सिन्धुपाल्चोकमा तीनै दलले एक–एक क्षेत्रमा जित हात पारेका थिए।

सिन्धुपाल्चोक १

कांग्रेस -२२ हजार ३४७

एमाले -२४ हजार ३६१

माओवादी -१८ हजार ९२२

राप्रपा -दुई हजार ९२५

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा अहिले बाहलवाला सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत र पूर्व सूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटाबीच प्रतिस्पर्धा हुँदैछ। क्षेत्र नम्बर १ बस्नेतको निर्वाचन क्षेत्र हो। ०७० मा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए। ०७० मा क्षेत्र नम्बर २ बाट निर्वाचित सापकोटाको क्षेत्र मर्ज भएपछि १ मा चुनाव लड्न पुगेका हुन्।

सिन्धुपाल्चोक २ मा योपटक पनि एमालेका शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणा प्रतिस्पर्धामा छन्। राणा यसअघि तामाङसँग नै पराजित भएका थिए।

 

सिन्धुपाल्चोक २

कांगेस -२१ हजार ९८०

एमाले -२५ हजार ९३९

माओवादी -१४ हजार ५६१

राप्रपा -आठ हजार ४५७

 

नुवाकोट

नुवाकोटमा संविधानसभा सदस्य निर्वाचनमा तीन क्षेत्र थिए। जसमा तीनमै कांग्रेस विजयी भएको थियो। प्रतिनिधिसभामा नुवाकोटमा दुई क्षेत्र छन्। वाम र लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा छन्।

स्थानीय तहको वडागत मतमा नुवाकोट १ मा कांग्रेस चार हजार मतले एमालेभन्दा अघि छ। यो क्षेत्रमा कांग्रेका रामशरण महत र वाम गठबन्धनका हितबहादुर तामाङ प्रतिस्पर्धामा छन्।

कांग्रेस -२२ हजार ६५२

एमाले -१८ हजार १८४

माओवादी -१८ हजार ७७८

राप्रपा -दुई हजार ४६

 

नुवाकोट २ योपटक वाम गठबन्धनका तर्फबाट नारायण खतिवडा प्रतिस्पर्धा छन् लोकतान्त्रिक गठबन्धनका अर्जुननरसिंह केसी चुनावी मैदानमा छन्। केसी यसअघि यही क्षेत्रबाट निर्वाचन निर्वाति भएका थिए। स्थानीय तहको मतपरिणाममा भने क्षेत्र नम्बर २ मा एमाले बलियो अवस्थामा छ।

कांग्रेस -२१ हजार ४६६

एमाले -२३ हजार ८२५

माओवादी -१५ हजार ५००

 

धादिङ

संविधानसभा सदस्य निर्वाचनमा धादिङका तीनवटै क्षेत्रमा एमाले विजयी भएको थियो। अहिले धादिङमा प्रतिनिधिसभाका दुई क्षेत्र छन्। दुबै क्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार छन्। प्रदेशमा भने, वाम तालमेलका आधारमा उम्मेदवार चयन भएका छन्। लोकतान्त्रिक गठबन्धन धादिङमा राप्रपासँग तालमेलमा छ।

धादिङ १

कांग्रेस -१२ हजार ८१२

एमाले -३६ हजार १४७

माओवादी -२३ हजार ७२१

राप्रपा -एक हजार ४१४

धादिङ १ मा एमालेका भूमि त्रिपाठी र कांग्रेसका विश्व अर्याल प्रतिस्पर्धामा छन्। २ बाट एमालेका खेम लोहनी र कांग्रेसका दिलमान पाख्रिन प्रतिस्पर्धामा छन्।

धादिङ २

कांग्रेस -३० हजार १८१

एमाले -२३ हजार ८२६

माओवादी -सात हजार ७६

राप्रपा -तीन हजार ३६९

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको