विनाविभागीय मन्त्रीलाई माओवादी केन्द्रले फिर्ता बोलाउने,देउवा र प्रचण्डको के मा भयो लफडा



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुनिश्चिता नभएसम्म सरकार नछोड्ने निर्णय गरेको माओवादी केन्द्रले जिम्मेवारीबाट हटाइएका आफ्ना विनाविभागीय मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

शीर्ष नेता र केही मन्त्रीहरु मनोनयन दर्ताका लागि जिल्ला पुगेकाले फर्किएपछि सरकारबाट बाहिरिएको औपचारिक निर्णय गरिने स्रोतले बतायो ।

निर्वाचनको सुनिश्चितता नभएको भन्दै सरकारमै रहने निर्णय यसअघि गरेपनि अब निर्वाचन हुने पक्का भइसकेकाले सरकारबाट बाहिरिन लागेको हो ।

शीर्ष नेता र मन्त्री काठमाडौं आइपुगेपछि सम्भव भएसम्म सोमबारै नभए मंगलबारसम्म सरकारबाट मन्त्री फिर्ता बोलाइने स्रोतले बतायो ।मन्त्री फिर्ता बोलाउने तयारी भएपछि प्रधानमन्त्री देउवा खुसी भएका छन् ।

सरकारको प्रमुख घटक माओवादी केन्द्र प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग चुनावी गठबन्धन गरेर जाने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोडेर सहयोग गर्न आग्रह गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रको समर्थन अब आफूलाई आवश्यक नरहेको भन्दै सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउन भनेका थिए । प्रचण्डले सरकारबाट मन्त्री फिर्ता बोलाउने प्रतिबद्धता प्रधानमन्त्री देउवासँगको भेटमा जनाएपनि निर्वाचन सार्न लागेको गोप्य सूचना पाएको भन्दै माओवादीले सरकार नछोड्ने निर्णय लिएको थियो ।

पटक–पटक सरकार छोड्न आग्रह गरेपनि अटेर गरेपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...