चितवन क्षेत्र नं. १ प्रदेश न (क) मा एक मात्र शक्तिशाली उम्मेदवार दावा दोर्जे लामा



हाम्रो इकोनोमि

आगामी मंसिर २१ मा हुने प्रदेश सभा सभाको निर्वाचनका लागि चितवन क्षेत्र नं. १ (क) बाट दावादोर्जे लामा सर्वसम्मत रुपमा सिफारिस भएका व्यक्ति हुन । उनी लामो समयदेखि त्यही क्षेत्रलाई कार्यक्षेत्र बनाई काम गरिरहेका छनु ।

उनी त्यस क्षेत्रमा रही विकास निर्माणका साथै जनताका समस्यालाई निराकरण गर्नका लागि पनि रातदिन लागिरहेका व्यक्तिको रुपमा परिचित रहेका छन् । उनले विगत ३० वर्ष यता नेकपा एमाले पार्टीमा रही पार्टीको साधारण सदस्य सँगै पार्टीले दिएको विभिन्न जिम्मेवारीहरु कुशलताका साथ निर्वाह पनि गर्दै आईरहेका छन् ।

उनी स्थानीय जनताहरुले औधि रुचाईएको ब्यक्तिका रुपमा त्यस क्षेत्रमा परिचित रहेका छन् । लामालाई चितवन जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क को क्षेत्रीय समन्वय कमिटीका साथै नेकपा एमाले चितवन जिल्ला कमिटीले प्रदेश नम्बर ३ को प्रदेश संगठन कमिटीका सदस्य,नेपाल लोकतान्त्रिक तामांग संघका केन्द्रिय अध्यक्ष समेत रहेका दवादोर्जे लामा प्रदेश सभा सदस्यका लागी नेकपा एमालेका तर्फ बाट उम्मेदवार शिफारिश भएका हुन।

जन पक्षीय नेताका रुपमा चिनिएका चर्चित तथा लोकप्रिय नेतालाई उम्मेदवार बनाए पछी चितवन क्षेत्र नम्बर १ का जनता उत्साहित बनेका छन। प्रदेश सभाको उम्मेदार सिफारिश भएका लामाले आफुलाई उम्मेदार सिफारिश गर्ने कमिटीका सबै सदस्यलाई धन्यवाद ज्ञापन गरेका छन।

स्थानीय नेता तथा कार्यकर्ताहरुसँग बुझ्दा ८० पतिशतभन्दा बढी भोट ल्याउन सक्ने लोकप्रिय नेताका रुपमा परिचित रहेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...