दुई युवाले एकै युवती ताके पछी गोली चल्यो,गोली लागेर गुरुङ सख्त घाइते



हाम्रो इकोनोमि

राजधानीको लैनचौरस्थित म्हैपीमा आज बिहानै भएको गोली काण्ड युवतीका कारण भएको खुल्न आएको छ । युवतीका विषयमा झगडा हुँदा गोली चलाइएको प्रहरी स्रोतले जनाएको छ ।
आइतबार बिहान करिव ४ बजेतिर स्कुटरमा गइरहेका रानीबारी बस्ने गोरखा लापार्क ४ का करिव २९ बर्षीय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कारमा आएका युवकले एक राउण्ड गोली प्रहार गरेका थिए । गुरुङलाई खुट्टामा गोली लागेको छ ।

बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार गुरुङलाई सेतो कारमा आएको समूहले म्हैपी बहती पोखरी नजिकै सडकमा गोली प्रहार गरेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी रविन्द्र धानुकले मुख्य अभियुक्तसहित पाँचजना पक्राउ परेको बताए । घटनामा प्रयोग भएको कार पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीको प्रारम्भिक बयानमा दुई समूहबीच गएराति डिस्कोमा झगडा परेको पनि खुलेको छ । ठमेलको सिएन डिस्को दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...