दुई युवाले एकै युवती ताके पछी गोली चल्यो,गोली लागेर गुरुङ सख्त घाइते



हाम्रो इकोनोमि

राजधानीको लैनचौरस्थित म्हैपीमा आज बिहानै भएको गोली काण्ड युवतीका कारण भएको खुल्न आएको छ । युवतीका विषयमा झगडा हुँदा गोली चलाइएको प्रहरी स्रोतले जनाएको छ ।
आइतबार बिहान करिव ४ बजेतिर स्कुटरमा गइरहेका रानीबारी बस्ने गोरखा लापार्क ४ का करिव २९ बर्षीय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । कारमा आएका युवकले एक राउण्ड गोली प्रहार गरेका थिए । गुरुङलाई खुट्टामा गोली लागेको छ ।

बा ५७ प ६९५७ नम्बरको स्कुटरमा सवार गुरुङलाई सेतो कारमा आएको समूहले म्हैपी बहती पोखरी नजिकै सडकमा गोली प्रहार गरेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई युवतीसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएपी रविन्द्र धानुकले मुख्य अभियुक्तसहित पाँचजना पक्राउ परेको बताए । घटनामा प्रयोग भएको कार पनि नियन्त्रणमा लिइएको छ ।

प्रहरीको प्रारम्भिक बयानमा दुई समूहबीच गएराति डिस्कोमा झगडा परेको पनि खुलेको छ । ठमेलको सिएन डिस्को दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...