अबैध ठहरिएको क्यासिनो चलाउन प्रहरीको यस्तो संरक्षण,प्रहरीले उडायो सर्बोच्च अदालतको आदेशको धज्जी



हाम्रो इकोनोमि

सर्बोच्च अदालतले जारी गरेको अन्तरिम आदेशले संचालनमा आएको भैरहवा स्थित होटल नाम्पमा संचालित क्यासिनोको दादागिरी मौलाउन थालेको छ। अदालतले उक्त आदेश दिए पछी शेयर स्वामित्वमा केहि लफडा भएको उक्त क्यासिनो अन्तरिम आदेश संगै संचालनमा थियो। तर केहि दिन अगाडी प्रधान न्यायाधिश सहितको बेञ्चले उक्त अन्तरिम आदेश खारेज गरे संगै क्यासिनो बन्द हुनु पर्नेमा प्रहरीकै संरक्षणमा संचालनमा आएको बुझिएको छ।

तिहारमा अबैध क्यासिनोले भैरहवामा आतंक मच्चाएको स्थानीयको गुनासो छ। अदालतको अन्तरिम आदेशले संचालनमा आएको उक्त क्यासिनो अन्तरिम आदेश खारेज भए पछी पूर्ण रुपमा बन्द हुने पर्ने एक कानुन ब्यबसायीले बताए। तर पैसाको आडमा उक्त क्यासिनो संचालनमा आएको बुझिएको हो। त्यहाँका प्रहरी प्रमुखले पनि बन्द गराउन आफुलाई आदेश नभएको भन्दै हप्ता असुलेर कानुनले बन्द गर्न भनेको क्यासिनो चल्न दिएर रमिता देखाएका छन। यस बिषयमा क्यासिनो संचालक संग कुरा बुझ्न खोज्दा सम्पर्क हुन् सकेन।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...