गृहमन्त्रालय नपाए पछी कमल थापा देउवा संग रन्किए,गच्छेदारलाई गृह मन्त्रालय दिने देउवाको यस्तो तयारी



गृहमन्त्रालयको आशा गरेका राप्रपा अध्यक्ष कमल थापालाई उर्जा मन्त्रालयमा थन्क्याएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृह मन्त्रालयको जिम्मेवारी कसलाई देलान् भन्ने चर्चा सुरु भएको छ। विकल्प नहुँदा उर्जा मन्त्रालयको जिम्मेवारी लिन बाध्य भएपनि उपप्रधानमन्त्री कमल थापा प्रधानमन्त्री देउवाको निर्णयप्रति सन्तुष्ट छैनन्।

 

स्रोतका अनुसार गृह मन्त्रालयसहित उपप्रधानमन्त्री थापालाई बनाउने र राप्रपालाई परराष्ट्र, जलस्रोत र स्वाथ्य मन्त्रालय दिने वचनपछि थापाले शेरबहादुर देउवा सरकारलाई समर्थन गरेका थिए। गृह आफूले लिएपछि परराष्ट्रमन्त्री पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दलाई बनाउने थापाको योजना थियो।

यसैगरी दीलनाथ गिरीलाई जलस्रोत र विक्रम थापालाई स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको थियो। तर, प्रधानमन्त्री देउवाले गृह र परराष्ट्रमन्त्री आफैले राखे भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राप्रपा (प्रजातान्त्रिक) का दीपक बोहोरालाई दिए। राप्रपाको भागमा चाहिँ आपूर्ति (जयन्त चन्द), शहरी विकास (दीलनाथ गिरी) र महिला बालबालिका तथा समाजकल्याण (बिक्रमबहादुर थापा) पर्‍यो।

व्यवस्थापिका– संसदको कार्यकाल सकिने अघिल्लो दिन प्रधानमन्त्री देउवाले थापा सहित राप्रपाका मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाएर मन्त्रीमण्डल विस्तार गरेका थिए। माओवादीले सम्हालेका मन्त्रीलाई बर्खास्त वा विना विभागीय हैसियतमा झारी राप्रपालाई उनीहरुले सम्हालेका महत्वपूर्ण मन्त्रालय दिने सहमति प्रधानमन्त्री देउवा र थापाबीच भएको थियो।

खासमा २८ असोजमै थापा सहित राप्रपाका मन्त्रीहरुलाई उपरोक्त मन्त्रालय दिने वचन देउवाले दिएका थिए। तर, त्यो नभएपछि थापाले देउवासँग गुनासो गर्न थाले। सरकारमा भित्र्याएपछि देउवाले गृह, परराष्ट्र लगायत जस्ता महत्वपूर्ण मन्त्रालय दिन नसक्ने बताएपछि थापाले देउवालाई गठबन्धनमा नै समस्या आउने चेतावनी समेत दिए।

स्रोतका भनाईमा यस्तो चेतावनी दिएपनि थापा आसन्न निर्वाचनका कारण उर्जा मन्त्रालयमै चित्त बुझाएर बस्न बाध्य छन्। एमालेले प्रतिनिधि सभामा मकवानपुर छाड्न सकिने बताएपछि कांग्रेस गठबन्धनमा सामेल हुन पुगेको राप्रपालाई कांग्रेसले प्रतिनिधि सभाका ७ सिट दिन सहमति जनाएको छ। त्यही कारण थापा कांग्रेससँगको गठबन्धन छाड्न सकिरहेका छैनन्।

थापाको यो बाध्यता बुझेका प्रधानमन्त्री देउवा गृहमन्त्रालयको जिम्मेवारी संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छेदारलाई दिने योजनामा छन्। ५ कार्तिकमा उम्मेदवारहरुको मनोनयनसँगै गच्छेदारले गृहमन्त्रालयको पनि जिम्मेवारी पाउनेछन्। उनी ३० असोजमा मात्र

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा