नेताका घरमा मुख्य सचिब बनाई दिन भन्दै शुरु भयो देउसी भैलो,दौडमा कोको?



हाम्रो इकोनोमि

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले अबको पाँच ६ दिनपछि सेवाबाट अवकाश लिँदैछन्। कात्तिक ७ गते अवकाश लिनुअघि नै सरकार मुख्यसचिव नियुक्तिको तयारीमा छ।

गत असार २९ गते मुख्यसचिवमा नियुक्त भएका क्षेत्री सेवा निवृत्त हुने दिन नजिकिँदै जाँदा तीन सचिव मुख्यसचिवको दौडमा छन्। आफूलाई मुख्यसचिव बनाउन भन्दै उनीहरु आफू निकटका नेताकहाँ धाइरहेका छन्।

सरकारी सेवामा रहेका ५० सचिवमध्ये वरिष्ठताका आधारमा तीन जना मुख्यसचिवको दौडमा लागेका हुन्। ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको लाइनमा देखिएका हुन्।

मुख्यसचिवको दौडमा रहेकामध्ये गृहसचिव रेग्मी प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा निकट मानिन्छन्। अधिकारी र उपाध्याय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन्।

उनीहरुले पनि विभिन्न राजनीतिक दलका नेतामार्फत प्रधानमन्त्री देउवालाई मनाउन दबाब दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...