नेताका घरमा मुख्य सचिब बनाई दिन भन्दै शुरु भयो देउसी भैलो,दौडमा कोको?



हाम्रो इकोनोमि

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले अबको पाँच ६ दिनपछि सेवाबाट अवकाश लिँदैछन्। कात्तिक ७ गते अवकाश लिनुअघि नै सरकार मुख्यसचिव नियुक्तिको तयारीमा छ।

गत असार २९ गते मुख्यसचिवमा नियुक्त भएका क्षेत्री सेवा निवृत्त हुने दिन नजिकिँदै जाँदा तीन सचिव मुख्यसचिवको दौडमा छन्। आफूलाई मुख्यसचिव बनाउन भन्दै उनीहरु आफू निकटका नेताकहाँ धाइरहेका छन्।

सरकारी सेवामा रहेका ५० सचिवमध्ये वरिष्ठताका आधारमा तीन जना मुख्यसचिवको दौडमा लागेका हुन्। ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको लाइनमा देखिएका हुन्।

मुख्यसचिवको दौडमा रहेकामध्ये गृहसचिव रेग्मी प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा निकट मानिन्छन्। अधिकारी र उपाध्याय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन्।

उनीहरुले पनि विभिन्न राजनीतिक दलका नेतामार्फत प्रधानमन्त्री देउवालाई मनाउन दबाब दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...