देउवाले मध्यराति माओवादी मन्त्रीलाई यसरीगर्दै छन बर्खास्त, यस्तो छ माओबादी मन्त्रीलाई ठेगान लगाउने अन्तिम तयारी



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई मंगलबार मध्यराति बर्खास्त गर्ने तयारी गरेका छन् ।

आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरेको आग्रहको अटेर भएपछि देउवाले मध्यराति मन्त्रीहरू हटाउने तयारी गरेको उच्च स्रोतले जनाएको छ ।

सत्ता गठबन्धन त्यागेर माओवादीले एमालेको पुच्छर बनेर वाम गठबन्धन बनाएपछि रिसाएका प्रधानमन्त्री देउवाले प्रचण्डलाई आफ्ना मन्त्री फिर्ता बोलाउन दवाव दिइरहेका छन् । तर, प्रचण्डले एमालेका अध्यक्ष केपी ओलीको दवावमा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन आलटाल गरेका छन् ।

उता, राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेश र प्रतिनिधि सभाको एउटै मत पत्र बनाउन माग गरेर सर्वोच्च अदालतमा दायर गरेको रिटमा सुनुवाई सुरु भएको छ । स्रोतका अनुसार सर्वोच्चको अन्तिम फैसला आएपछि सोही अनुसार भावी रणनीति बनाउने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...