माओवादी सरकार बाट बाहिरिएसंगै कमल थापा यसरी ताक्दै छन गृहमन्त्री,आखिर कस्ले पाउदैछ गृहमन्त्रालयको ताला चाबी



हाम्रो इकोनोमि

राप्रपा अध्यक्ष कमल थापाले गृहमन्त्रीको दाबी गरेका छन्। शनिबार उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्रीका रुपमा समथ लिएका उनले मंगलबार सरकारबाट बाहिरिएसँगै उनले गृहमन्त्रीको दाबी गरेका हुन्।

‘माओवादीले सम्हालेका मन्त्रालयहरुबाटै जिम्मेवारी लिने कुरा भएको छ,’ थापासँगै बिना विभागीय मन्त्रीको सपथ लिएका दिलनाथ गिरीले भने, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति र हाम्रो पार्टी अध्यक्ष बसेर छिट्टै मन्त्रालयको जिम्मेवारी टुंगो लगाउनुहुन्छ।’

माओवादी सरकारबाट बाहिरिएसँगै गृह, परराष्ट्र, ऊर्जा, सहरी विकास, स्वास्थ्य, आपूर्ति लगायतका मन्त्रालय खाली हुनेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरी बिना विभागीय मन्त्री बनाउने तयारी थालेसँगै माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...