समानुपाति उम्मेदवार छान्न एमालेले यसरी छापामार शैलीमा यसरी गर्दैछ गोप्य बैठक रिसोर्टमा



समानुपातिको सूचीलाई अन्तिम रुप दिन एमालेले गोप्य छलफल गर्दैछ । पार्टी कार्यालयमा भिडभाड हुने भन्दै गोकर्ण रिसोर्टमा बैठक गरेर नामलाई टुङगो लगाउने तयारी छ । नेकपा एमाले स्थायी समितिको बैठकले नाम तय गर्नेछ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो । काठमाण्डुको गोकर्णको एउटा रिसोर्टमा बस्न लागेको बैठकमा निर्वाचन आयोगमा बुझाएको सूचीलाई फेरबदल गरेर अन्तिम रुप दिइनेछ ।

 

बैठक दिउँसो ३ बजे बोलाइएको एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईले जानकारी दिए । निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले बीपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

    अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति

पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटो सञ्चालन

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीमा पुल भासिएको छ । पूर्व नवलपरासीको

सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्