यो हो गच्छदारले धरधरी रुँदै गरेको तीन बुंदे सम्झौता



हाम्रो इकोनोमि

कांग्रेस र लोकतान्त्रिक फोरमबीच पार्टी एकता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि एक कार्यक्रमकाबीच औपचारिक कांग्रेस र फोरमबीच पार्टी एकताको घोषणा भएको हो ।
कांग्रेसका तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आइतबार नै पार्टी एकताको चर्चा चले पनि दुई पक्षीय वार्ता सफल हुन नसक्दा आजको लागि सरेको थियो ।

गच्छदारलाई उपसभापति दिने र लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ ।
यस्तै आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पनि फोरमको उचित प्रतिनिधित्व सुनिस्चित गराइने बताइएको छ ।

पछिल्लोपटक फोरम लोकतान्त्रिकसँग पार्टी एकता गरेका राष्ट्रिय जनमुक्ति पार्टीका नेता शिवलाल थापा, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुलगायत नेताहरु भने एकतामा उपस्थित भएनन् ।

यस्तो छ सहमति पत्र

मुलुकको राजनीतिलाई अधिनायकवादतर्फ धकल्ने प्रयत्न अहिले भइरहेको स्पष्ट छ। यस परिस्थितिमा नेपालको संविधानको लोकतान्त्रिक जगलाई अझ सुदृढ एवं सर्वस्वीकार्य बनाउनु हामी सवैको कर्तव्य हो। नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम यस कर्तव्यप्रति प्रतिवद्ध रहँदै क्रियाशील रहने संकल्प गर्दछौं ।

यस परिप्रेक्ष्यमा संविधान निर्माण गर्दा हामी दुई दलहरु समेत बीच भएको १६ बुँदे सहमतिले पनि संविधानलाई थप स्वीकार्य बनाउने आधार प्रदान गरेको कुरा हामी पुनः स्मरण गर्न चाहन्छौं। यसै कुरालाई हृदयगंम गर्दै थारु, मधेशी, जनजाती, आदिवासी, महिला, दलित, मुस्लिम र सिमान्तकृत समुदायलगायतको हक, अधिकार सम्वन्धमा नेपाल लोकतान्त्रिक फोरमले उठाउँदै आएका मुद्दालाई सम्वोधन गर्न नेपाली कांग्रेस सदा झैँ प्रतिवद्ध छ।

यस प्रतिवद्धतालाई मूर्त रुप दिन हामी दुवै दलहरुले संविधान संसोधनको प्रयास व्यवस्थापिका संसदमा गर्‍यौं। संविधान संसोधन हुन सकेन, आगामी दिनमा यो कार्य सम्पन्न गर्नु हाम्रो साझा जिम्मेदारी हो। लोकतान्त्रिक संस्थाहरुलाई अझ सवल बनाउँदै मुलुकलाई समृद्धितर्फ अघि बढाउने विषयमा हामी दुवै दलको समान मान्यता रहीआएको छ।

साथै, थरुहट र मधेश आन्दोलनको सिलसिलामा गिरफ्तार भएका व्यक्तिहरुको मुद्दा राजनीतिक हो भन्ने नेपाली कांग्रेसले मानिआएको छ। तसर्थ, यस क्रममा बन्दी हुनु भएका निर्दोष नागरिकहरुको मुद्दा फिर्ता गरी रिहाई गर्न सरकारसँग आवश्यक पहल गर्न हामी दुवै दल सहमत छौं।

माथि उल्लेखित आधारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम एक आपसमा एकता गर्न सहमत भएकाछौं। एकतापछि नेपाली कांग्रेसको सांगठनिक संरचनामा केन्द्र,प्रदेश,जिल्ला,नगर र गाउँसम्मका नेपाल लोकतान्त्रिक फोरम र यसका भातृभगिनी संस्थाहरुको संरचना एवं सदस्यहरुको यथोचित समायोजन गर्न हामी दुवै दल सहमत छौँ।

शेरवहादुर देउवा
सभापति, नेपालीकांग्रेस

विजयकुमार गच्छेदार
नेपाल लोकतान्त्रिक फोरम

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....