बालुवाटारमा गच्छदार कांग्रेसमा प्रवेश गर्दै गर्दा उपेन्द्र यादवले भने-मलाई हत्तु पारेका बिजयले अब देउवा संग सिंगौरी खेल्छन र कांग्रेसलाई नै पेल्छन



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष विजय गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरमको कांग्रेसमा विलयपछि कांग्रेसले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्।

‘गच्छदार गएपछि कांग्रेसको भलो होस् यसबाहेक मेरो कुनै टिप्पणी छैन’ प्रधानमन्त्री बालुवाटारमा गच्छदारको कांग्रेस कार्यक्रम चलिरहँदा फोनमा कुरा गर्दै अध्यक्ष यादवले भने, ‘तर उनको प्रवेशले पार्टीमा कस्तो स्थिति सिर्जना हुन्छ, त्यो कांग्रेसले सोच्ने कुरा हो।’

यादवको बुझाईमा, गच्छदारको लक्ष्य भनेकै चुनाव जित्नु र सत्तामा पुग्नु हो। यादवले थपे,‘मधेश आन्दोलनपछि कांग्रेसबाट चुनावमा जित्न नसकिने देखिएपछि मात्र उनी फोरम प्रवेश गरेका थिए। चुनाव जितेपछि उनले के के गरे, त्यो सारा देशलाई थाहा छ।’

कांग्रेस प्रवेश गरेपछि गच्छदारले कांग्रेसीहरुलाई चैनसँग बस्न नदिने बताए। ‘उद्देश्य नै चुनाव र सत्ता भएको मान्छेले के गर्लान् मैले भनिरहनु पर्दैन’ यादवले भने, ‘चुनाव जिते भने सत्ताका लागि कांग्रेसभित्र युनियन र गुट चलाउन थालिहाल्छन्।’

०६४ सम्म कांग्रेसमा रहेका गच्छदार पहिलो संविधान सभा चुनाव अघिमात्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। पहिलो संविधानसभापछि बनेको माओवादी नेतृत्वको सरकार ढलेपछि माधव नेपाल नेतृत्वको सरकारमा जान उनले फोरम विभाजन गरे।

स्थानीय निर्वाचनमा पार्टीको प्रदर्शन त्यति राम्रा नदेखिएपछि विकल्पको खोजीमा रहेका गच्छदार एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएका थिए। तर निर्वाचन अगावै कांग्रेस प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...