बालुवाटारमा गच्छदार कांग्रेसमा प्रवेश गर्दै गर्दा उपेन्द्र यादवले भने-मलाई हत्तु पारेका बिजयले अब देउवा संग सिंगौरी खेल्छन र कांग्रेसलाई नै पेल्छन



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अध्यक्ष विजय गच्छदारसहित नेपाल लोकतान्त्रिक फोरमको कांग्रेसमा विलयपछि कांग्रेसले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्।

‘गच्छदार गएपछि कांग्रेसको भलो होस् यसबाहेक मेरो कुनै टिप्पणी छैन’ प्रधानमन्त्री बालुवाटारमा गच्छदारको कांग्रेस कार्यक्रम चलिरहँदा फोनमा कुरा गर्दै अध्यक्ष यादवले भने, ‘तर उनको प्रवेशले पार्टीमा कस्तो स्थिति सिर्जना हुन्छ, त्यो कांग्रेसले सोच्ने कुरा हो।’

यादवको बुझाईमा, गच्छदारको लक्ष्य भनेकै चुनाव जित्नु र सत्तामा पुग्नु हो। यादवले थपे,‘मधेश आन्दोलनपछि कांग्रेसबाट चुनावमा जित्न नसकिने देखिएपछि मात्र उनी फोरम प्रवेश गरेका थिए। चुनाव जितेपछि उनले के के गरे, त्यो सारा देशलाई थाहा छ।’

कांग्रेस प्रवेश गरेपछि गच्छदारले कांग्रेसीहरुलाई चैनसँग बस्न नदिने बताए। ‘उद्देश्य नै चुनाव र सत्ता भएको मान्छेले के गर्लान् मैले भनिरहनु पर्दैन’ यादवले भने, ‘चुनाव जिते भने सत्ताका लागि कांग्रेसभित्र युनियन र गुट चलाउन थालिहाल्छन्।’

०६४ सम्म कांग्रेसमा रहेका गच्छदार पहिलो संविधान सभा चुनाव अघिमात्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। पहिलो संविधानसभापछि बनेको माओवादी नेतृत्वको सरकार ढलेपछि माधव नेपाल नेतृत्वको सरकारमा जान उनले फोरम विभाजन गरे।

स्थानीय निर्वाचनमा पार्टीको प्रदर्शन त्यति राम्रा नदेखिएपछि विकल्पको खोजीमा रहेका गच्छदार एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएपछि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएका थिए। तर निर्वाचन अगावै कांग्रेस प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस
चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...

नवनिर्वाचित सांसदहरूले लिए शपथ

     प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...