कांग्रेस प्रवेश कार्यक्रममा गिरिजाप्रसादलाई सम्झँदै किन रोए गच्छदार, यस्तो भयो तीन बुँदे सहमति



हाम्रो इकोनोमि

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा समायोजन भएको छ।
आज बालुवाटारमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छः

– संविधानलाई थप लोकतान्त्रिक बनाउने।

– आगामी निर्वाचनमा संविधान संशोधनलाई साझा मुद्दा बनाउने।

– थारु, मधेस तथा राजनीतिक आन्दोलनका क्रममा जेल परेकाहरुलाई रिहा गर्ने।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै गच्छदार भावुक बनेका थिए। ‘गिरिजाप्रसाद दाजुले रोक्दारोक्दै पनि दश वर्ष अघि यही बालुवाटारबाट म बाहिरिएको थिएँ’ भन्दै गच्छदार रोएका थिए। उनले आफूलाई सम्हाल्दै थपे, ‘दश वर्षअघि जुन ठाउँबाट बाहिरिएको थिएँ, त्यहीँबाट पुनः प्रवेश गर्न पाउँदा खुसी लागेको छ।

गच्छदारले राजनीतिमा ध्रुबिकरण बढेको भन्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन कांग्रेस प्रवेश गरेको बताए। उनले आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने पनि दाबी गरे।

‘मेरो नशानशामा कांग्रेस छ, रगतमा कांग्रेस छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...