संसदको आयु सकिए संगै स्वतः निष्क्रिय भएका यी हुन् १९ विधेयक



हाम्रो इकोनोमि

रूपान्तरित व्यवस्थापिका संसद्का कार्यकाल समाप्तिसँगै संसद्मा विचाराधीन १९ वटा विधेयक स्वतः निष्क्रिय भएका छन् । निष्क्रिय भएका विधेयकमा झन्डै चार वर्ष पुरानो अदालतको अपहलेना विधेयकदेखि बहुचर्चित चिकित्सा शिक्षा विधेयकसम्म छन् ।

संविधान कार्यान्वयन र निर्वाचनसँग जोडिएको राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक पनि स्वतः निष्क्रिय भएको छ । अदालतको अपहलेना विधेयक संविधानसभाको कार्यकालमै दर्ता भएको थियो । विधेयकमा प्रस्तावित व्यवस्थामा सञ्चार संस्थाबाट विरोध भएपछि जनमतका लागि अनुमोदन गरिएको थियो ।

 

जनमतको प्रतिवेदन आएको डेढ वर्षभन्दा बढी समय भए पनि विधेयक पारित नभई निष्क्रिय भएको हो । संसदीय इतिहासमा विधेयक जनताको रायका लागि अनुमोदन गरिएको पहिलो पटक थियो ।

अपहेलना विधेयक दोस्रो अधिवेशनमा दर्ता भएको पहिलो विधेयक थियो । यस्तै, सामाजिक सुधार व्यवहार विधेयक दोस्रो थियो । अपहेलना विधेयक २०७१ जेठ १ गते नै संसद्मा दर्ता भएको थियो ।

सामाजिक सुधार विधेयक दुई पटक पारित गर्ने कार्यसूचीमा चढे पनि नेपाली काँंग्रेस र विभागीय मन्त्रीले अध्ययनको समय माग गरेपछि पारित हुनबाट रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...