उपप्रधानमन्त्री कृष्णबहादुर महरा कार्यकक्ष छाडेर यसरी भागे ! माओबादीका अरु मन्त्री पनि झोली तुम्ली कस्दै



हाम्रो इकोनोमि

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो कार्यकक्ष छाडेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट बनेका मन्त्रीहरुलाई हटाउने तयारी गरिरहेका बेला महराले आइतबार मध्यान्न कार्यकक्ष छाडेका हुन् ।

उनले आफ्ना सरसामान प्याक गरेर लगेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागी गराएपछि शनिबार माओवादी केन्द्रको बैठक बसेको थियो । तर, उसले आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री देउवाले शुक्रबार नै संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका मन्त्री हटाउने संकेत गरेका थिए । महरा सहित अन्य केहि मन्त्रीले पनि मन्त्रालय अब नआउन सकिने जानकारी कर्मचारीलाई दिएका छन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...