अहिले सम्म २ दलले मात्र मात्रै बुझाए समानुपातिक सूची,८६ दल के गर्दैछन?



हाम्रो इकोनोमि

आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय भएपनि दिउँसो साढे २ बजेसम्म दुई दलले मात्र निर्वाचन आयोगमा सूची बुझाएको छ।

आयोगमा राष्ट्रिय यथार्थवादी पार्टी र नेपाल समाजवादी पार्टी (लोहियावादी)ले सूची बुझाएको प्रवक्ता नवराज ढकालले जानकारी दिए। उनले राष्ट्रिय यथार्थवादी पार्टीले ११ र समाजवादी पार्टीले ४१ जनाको सूची बुझाएको जानकारी दिए।

दुई साना दलले समानुपातिक सूची बुझाए पनि ठूला दलहरु भने अझै आन्तरिक तयारीमा व्यस्त रहेका छन्। आकांक्षीको संख्या धेरै हुँदा र समावेशी हिसाले टुंग्याउनु पर्ने भएका कारण पनि ठूला दलहरुलाई उम्मेदवार छान्न हम्मे हम्मे परेको छ।

दलहरुले प्रतिनिधिसभाको समानुपातिक सूचीमा कम्तिमा ११ जना र बढीमा १ सय १० जनाको नाम पेश गर्न पाउने प्रावधान छ। प्रदेशसभाका लागि प्रदेशअनुसार १० देखि शतप्रतिशत उमेदवारको सूची पेश गर्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले जानकारी दिए।

दलहरुले बन्द सूची पेश गर्दा अनिवार्य रुपमा कम्तिमा ५० प्रतिशत महिलासहित प्रतिशतका आधारमा जनजाती, खस–आर्य, मुस्लिम, मधेसी, थारु, दलित लगायतको प्रतिनिधित्व समेत गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

सूचि दर्ताका लागि आयोगको केन्द्रीय कार्यालयमा आइतबार बिहान ८ बजेदेखि नै कर्मचारी खटिएका छन्। राजनीतिक दलहरूको सहजताका लागि आयोगले प्रतिनिधसभाको छुट्टै र प्रदेशसभाका लागि ७ वटा स्टल राखेको छ।

निर्वाचन दुई चरणमा हुने भएपनि समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार नै पेश गरिसक्नु पर्ने छ। निर्वाचन आयोगमा ८८ दल दर्ता छन।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...