८८ दलले आज यसरी समानुपातिक उमेदवारीको बन्द सूचि दर्ता गर्दैछन (कार्यतालिकासहित)



मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उमेदवारहरूको बन्दसूची पेश गर्ने काम आइतबार हुँदैछ। निर्वाचन आयोगमा दर्ता भएका ८८ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ चुनिने १ सय १० तथा प्रदेशसभाको समानुपातिकतर्फ चुनिने २ सय २० पदका लागि उम्मेदवारहरूको बन्दसूची पेश गर्दै छन्।

दलहरुले प्रतिनिधिसभाको समानुपातिक सूचीमा कम्तिमा ११ जना र बढीमा १ सय १० जनाको नाम पेश गर्न पाउने प्रावधान छ । प्रदेशसभाका लागि प्रदेशअनुसार १० देखि शतप्रतिशत उमेदवारको सूची पेश गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

दलहरुले बन्द सूची पेश गर्दा अनिवार्य रुपमा कम्तिमा ५० प्रतिशत महिलासहित प्रतिशतका आधारमा जनजाती, खस–आर्य, मुस्लिम, मधेसी, थारु, दलित लगायतको प्रतिनिधित्व समेत गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सूचि दर्ताका लागि आयोगको केन्द्रीय कार्यालयमा आइतबार विहान ८ बजेदेखि नै कर्मचारी खटिएका छन् । राजनीतिक दलहरूको सहजताका लागि आयोगले प्रतिनिधसभाको छुट्टै र प्रदेशसभाका लागि ७ वटा स्टल राखेको छ । निर्वाचन दुई चरणमा हुने भएपनि समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार नै पेश गरिसक्नुपर्नेंछ ।

यस्तो छ निर्वाचन प्रक्रिया र कार्यतालिकाः

बन्दसूची सच्याउने राजनीतिक दलहरुलाई सूचित गर्नेः २०७४/ ०६ / ३०

बन्दसूची संशोधन गरी पेश गर्नेः २०७४ / ७/ ०६ देखि २०७४/ ०७/ १२

बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदनः २०७४ / ०७ / १३

उम्मेदवारको नाम फिर्ता सम्बन्धी सम्बन्धित राजनीतिक दललाई जानकारी २०७४ / ०७ / १४ देखि २०७४/ ०७ / १५

उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नेः २०७४ / ०७/ १७

योग्यता सम्बन्धमा दाबी बिरोध गर्ने निवेदनः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१

दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णयः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१

बन्दसूचीबाट उमेदवारको नाम हटाएको सूचना प्रकाशनः २०७४ / ०८ / ०२

बन्दसूची अन्तिम रुपमा प्रकाशनः २०७४ / ०८ / ०३

मतदान गर्नेः २०७४ / ०८ / १० / २०७४/ ०८ / २१

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक