८८ दलले आज यसरी समानुपातिक उमेदवारीको बन्द सूचि दर्ता गर्दैछन (कार्यतालिकासहित)



हाम्रो इकोनोमि

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उमेदवारहरूको बन्दसूची पेश गर्ने काम आइतबार हुँदैछ। निर्वाचन आयोगमा दर्ता भएका ८८ दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ चुनिने १ सय १० तथा प्रदेशसभाको समानुपातिकतर्फ चुनिने २ सय २० पदका लागि उम्मेदवारहरूको बन्दसूची पेश गर्दै छन्।

दलहरुले प्रतिनिधिसभाको समानुपातिक सूचीमा कम्तिमा ११ जना र बढीमा १ सय १० जनाको नाम पेश गर्न पाउने प्रावधान छ । प्रदेशसभाका लागि प्रदेशअनुसार १० देखि शतप्रतिशत उमेदवारको सूची पेश गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

दलहरुले बन्द सूची पेश गर्दा अनिवार्य रुपमा कम्तिमा ५० प्रतिशत महिलासहित प्रतिशतका आधारमा जनजाती, खस–आर्य, मुस्लिम, मधेसी, थारु, दलित लगायतको प्रतिनिधित्व समेत गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सूचि दर्ताका लागि आयोगको केन्द्रीय कार्यालयमा आइतबार विहान ८ बजेदेखि नै कर्मचारी खटिएका छन् । राजनीतिक दलहरूको सहजताका लागि आयोगले प्रतिनिधसभाको छुट्टै र प्रदेशसभाका लागि ७ वटा स्टल राखेको छ । निर्वाचन दुई चरणमा हुने भएपनि समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार नै पेश गरिसक्नुपर्नेंछ ।

यस्तो छ निर्वाचन प्रक्रिया र कार्यतालिकाः

बन्दसूची सच्याउने राजनीतिक दलहरुलाई सूचित गर्नेः २०७४/ ०६ / ३०

बन्दसूची संशोधन गरी पेश गर्नेः २०७४ / ७/ ०६ देखि २०७४/ ०७/ १२

बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदनः २०७४ / ०७ / १३

उम्मेदवारको नाम फिर्ता सम्बन्धी सम्बन्धित राजनीतिक दललाई जानकारी २०७४ / ०७ / १४ देखि २०७४/ ०७ / १५

उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नेः २०७४ / ०७/ १७

योग्यता सम्बन्धमा दाबी बिरोध गर्ने निवेदनः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१

दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णयः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१

बन्दसूचीबाट उमेदवारको नाम हटाएको सूचना प्रकाशनः २०७४ / ०८ / ०२

बन्दसूची अन्तिम रुपमा प्रकाशनः २०७४ / ०८ / ०३

मतदान गर्नेः २०७४ / ०८ / १० / २०७४/ ०८ / २१

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...