सपथ खाएको २४ घण्टा नबित्दै कमल थापालाई यस्तो आपत् पर्यो,ओलीले हान्दिए क्षेप्यास्त्र



हाम्रो इकोनोमि

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् ।
भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष केपी ओलीको निवासमा आइतबार बिहान आयोजित कार्यक्रममा यादव एमालेमा प्रवेश गरेका हुन् । यादवलाई ओलीले एमालेमा प्रवेश गराएका हुन् ।
राप्रपाका अध्यक्ष थापाले शनिबार राति उपप्रधानमन्त्रीको सपथ लिएको अर्को दिन बिहानै पार्टीका नेता तथा निर्वातमान उपसभामुख यादवले राप्रपा छाडेर एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, रघुवीर महासेठसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

त्यसै गरी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दलबहादुर बस्नेतसहित विभिन्न दलका नेता र कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।
यसैबीच, एमालेका अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले अत्याधिक मत पाउने दाबी गरेका छन् । ‘प्रतिनिधि र प्रदेश सभामा एमालेले अत्याधिक मतसहित जित हासिल गर्छ’, उनले भने, ‘दुई नं. प्रदेशमा तेस्रो चरणको निर्वाचनमा एमालेले दोस्रो स्थानको मत पायो ।

२ नं. प्रदेशमा किन मत घट्यो ? खोजी गर्दै छौं । अब धेरै सिट जित्छौँ ।’

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...